+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्ग अध्यापन

tribhuwan trishuli higher school nuwakot
डबली खबर
७ साल अगाडी

त्रिशुली, नुवाकोट / नुवाकोट र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुलीमा तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयको कक्षा यसै शैक्षिक सत्रदेखि शुरु हुने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्वन्धनमा नुवाकोटमा पहिलो पटक तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा विद्यालयले कक्षा संचालन गर्न लागेको प्रधानाध्यापक महेन्द्र राउतले बताउनु भयो।

यसै शैक्षिक सत्रमा अध्यापन शुरु गर्न विद्यालय व्यवस्थापन समितिको मंगलबार बैठक बसि आवश्यक तयारीमा जुटेको छ । एक शैक्षिक सत्रमा डिप्लोमा ईन सिभिल इन्जिनियरीङ्गमा ४८ जना विद्यार्थीले अध्यापन गर्न पाउने छन् । विद्यालयले सुविधा सम्पन्न भवन, अत्याधुनिक प्रयोगशालाको समेत विकास गरीसकेको सहायक प्राध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।

जिल्लामा एसईई परिक्षामा जिपिए प्राप्त गरेमा विद्यार्थीले घरैबाट दक्ष ईन्जिनियर बन्न पाउने भएका छन् ।

वि.सं. २००७ सालमा स्थापित विद्यालयले हाल पुर्व प्राथमिक कक्षामा दिवा खाजाको व्यवस्था, अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गरि गुणात्मक शिक्षा दिंदै आइरहेको छ । कक्षा ६ देखी कक्षा ८ सम्म कम्प्युटर र भर्चुल प्रविधियुक्त क्लास समेत कक्षा संचालन भैरहेको छ भने कक्षा ११ र १२ मा समेत जिल्लाकै नमूनाको रुपमा कम्प्युटर कक्षाहरु संचालन भइरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ