+
Search

ताजा अपडेट +

पपुलर +

छानाको खाँबो भत्किँदा एक बालिकाको मृत्यु, दुई घाइते

death body
डबली खबर
७ साल अगाडी

चतुराले, नुवाकोट। ककनी गाँउपालिका वडा नं. ७ चतुरालेस्थित घरमा सुतिरहेको अवस्थामा घरको छानामाथी राखिएको ढुँगा खसेर लाग्दा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विशाल दर्जीको ६ बर्षिया छोरी सरु दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, दर्जीको २६ बर्षिया श्रीमती कोपीला दर्जी र ८ बर्षिया छोरी सलिना दर्जी सामान्य घाईते भएका छन् ।

बिहिवार राती १२ बजेको समयममा दुईतले कच्ची घरको छानोको खाँबो भाँचिदा छानामाथि राखिएको ढुंगाहरु खसेर लाग्दा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ