+
Search

ताजा अपडेट +

पपुलर +

पाँचलाख घुससहित राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर पक्राउ

डबली खबर
७ साल अगाडी

काठमाडौं। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सब–इन्जिनियर ५ लाख घुससहित पक्राउ परेका छन् । नुवाकोटमा कार्यरत सब-इन्जिनियर लोकेन्द्र थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो साँझ सामाखुशीबाट पक्राउ गरेको हो ।

प्राधिकरणको जिल्ला आयोजना कार्यालय नुवाकोटमा कार्यरत थापाले एक विद्यालयसँग घुस लिएका हुन्। नुवाकोटको महेन्द्र प्राविको भवन निर्माणका लागि प्राधिकरणले ६७ लाख रुपैयाँ बजेट दिएको थियो।

त्यसमध्ये २२ लाख भुक्तानी हुन बाँकी थियो । सो रकम भुक्तानीका लागि उनले १० लाख घुस मागेका हुन्। पछि ५ लाख घुसमा बिल पास गर्न राजी भएका थिए।

इन्जिनियर थापाले दुःख दिएपछि ठेकदारले अख्तियारलाई सूचना दिएर घुस दिएका हुन्। सामाखुशीको रातो भाले रेस्टुरेन्टमा घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

पछिल्लो ५ दिनमा अख्तियारले ५ जना इन्जिनियरलाई पक्राउ गरिसकेको छ। -नेपाललाईभ

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ