विदुर । नुवाकोटकै उत्कृष्ट स्कुल बन्न सफल सामुदायिक विद्यालय पृथ्वी माविको नयाँ भवन शिल्यान्यास भएको छ ।
आज नुवाकोट जिल्लाको विदुर नगरपालिका–४ विदुरमा विद्यालय भवनको शिलान्यास प्रमुख अतिथि प्रदेशसभा सदस्य सांसद हीरानाथ खतिवडाले गर्नुभएको हो ।
शिक्षा विकास तथा समन्वय इकाईको अनुदान सहयोगमा बन्ने भवनको अनुमानित लागत बजेट करिब रु. ५९ लाख रहेको विद्यालय प्राध्यानापक बाबुराम लामिछानेले बताउनुभयो ।आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने प्राध्यानापक लामिछानेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समित नुवाकोटका उपाध्यक्ष अप्सरा थापा, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, विदुर नपा-४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, वडा सदस्य वसन्त रिजाल, विद्यालय व्यवस्थापनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजनीति दलका प्रतिनिधि, सरोकारवाला लगायतका उपस्तिथी रहेको थियो ।





प्रतिक्रिया