+
Search

ताजा अपडेट +

पपुलर +

टोलटोलमा प्रहरी अभियान तिव्र, कतै वृक्षारोपण कतै सरसफाई

district police office nuwakot
डबली खबर
८ साल अगाडी

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज विदुर नपा-४ बट्टारस्थित हावाघरमा सरसफाई र शेराबगरमा वृक्षारोपण गरेको जनाएको छ ।

केन्द्रिय निति बमोजिम प्रहरीको गतिविधिलाई जनसमुदाय माझ पुर्याउन जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत असार १ गते देखि एक महिने अभियान सुरु गरेको हो ।

प्रहरी चौकीको आधारमा विदुर नगरपालिकाभित्रका १३ वटै वडालाई समेटेर उन्नचालीस वटा टोलमा संचालन गरेको “प्रहरी टोलटोलमा” लागूऔषध, सामाजिक अपराध, घरेलु हिंसा, अवैध मधिरा जस्ताको नियन्त्रण तथा निवारण जस्ता कार्यक्रम संचालन गरेको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ