+
Search

ताजा अपडेट +

पपुलर +

कार्यपालिकाको शौचालय अवस्था नाजुक!

Bidur Municipality Toilet
डबली खबर
७ साल अगाडी

विदुर। नुवाकोट जिल्लाको सदमुकाम विदुरस्थित विदुर नगरपालिका कार्यपालिकाको शौचालयको अवस्था नाजुक रहेको छ ।

कार्यपालिकाको शौचालय जाने बाटोमा लेउ नै लेउले भरिएको छ भने कार्यालय परिसर अव्यवस्थित रहेको छ । समाचार संकलनको क्रममा डबलीखबरका संवाददाता पनि लडेका थिए ।

काम सिलसिलामा कार्यपालिका पुग्नुभएका विदुर नपा-९ का कोलेनि निवासी जीवन श्रेष्ठले शौचालयको अवस्थाबारे नगरप्रमुख सन्जु पण्डितलाई अवगत  गराउनुभएको थियो । त्यसको लगतै शौचालय जाने बाटोको लेउ सफा गर्न नगरप्रमुख पण्डितले कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

त्यस्तै, पुरुष शौचालयभित्र टायल फुटेको, लेउ लागेको र पानी नभएको धारा देख्न सकिन्छ जहाँ शौच गर्न नाकलाई बंग्याएर गर्नुपर्छ । पुरुष शौचालय बाहिर रहेको धारा पनि सुस्ताएको धेरै भएको छ । जेनतेन महिला शौचालयभित्र पानीको सुविधा रहेको छ तर महिलामैत्री भने छैन । पुरुष र महिला शौचालय त भए तर अपाङ्गमैत्री भने छैन

स्थानीयतहको निर्वाचन भएको पनि एक वर्ष नाघिसक्यो तर कार्यपालिकाको  शौचालयको अवस्था भने जिउंकातिउँ रहेको छ।  आफ्नै कार्यालयको शौचालय हरिबिजोक अवस्थामा रहेको बेला नगरको विकास कसरी होला भनेर जनताले आशा गर्ने ?

स्थानीयतहका कार्यालयका शौचालयलाई नमूना शौचालयको रुपमा विकास गर्न सकियो भने जनताले पनि सोहि अनुरुप शौचालयको निर्माण गर्ने थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ