+
Search

ताजा अपडेट +

पपुलर +

भिरबाट लडेकी किशोरीको उपचारको क्रममा मृत्यु

death body
डबली खबर
७ साल अगाडी

झिल्टुङ, बेलकोटगढी । आज साँझ नुवाकोटको बेलकोटगढी नगरपालिका-६ का एक किशोरी गोठालो जानेक्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा रणबहादुर तामाङको १८ वर्षिया छोरी सन्तोषी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङ गोठालो जाँदा खरानिखोलाको भिरबाट लडेर ४० मिटर तल पुगी घाइते भएकी थिइन ।

घाइते भएकी उनलाई स्थानीय हेल्थपोष्ट झिल्टुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ