+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सवको आयव्यय सार्वजनिक (लेखापरिक्षण प्रतिवेदनसहित)

Nuwakot Mahotsav Financial Report Press Meet
डबली खबर
७ साल अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य संघले पाँचौ नुवाकोट महोत्सव २०७४ को आयव्यय सार्वजनिक गरेको छ ।

बिहिबार संघको कार्यालयमा पत्रकार सम्मेलनमा बोल्नु हुँदै संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवलाई आगामी दिनहरुमा महोत्सवलाई अझ पारदर्शी, सुविधायुक्तमयी बनाउन पहल गर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा संघका कोषाध्यक्ष गीता अमात्यले महोत्सवबाट खुद नाफा रु. २१ लाख ७४ हजार ९ सय ७२ रुपैंया, आम्दानी रु ९० लाख ९६ हजार ८ सय ६१ रुपैंया र खर्च रु. ६९ लाख २१ हजार ८ सय ८९ रुपैयाँ जानकारी गराउनुभएको थियो।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष भुवनलाल राजभण्डारी, दोश्रो उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव दिपक कायस्थ, सचिव जीवन श्रेष्ठ, प्रवक्ता सन्तोष उप्रेती लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

महोत्सव गत वर्ष २०७४ सालको फाल्गुण १६ गतेदेखि सुरु भई २७ गतेदेखिसम्म संचालन भएको थियो । महोत्सवमा २ सय ७५ वटा स्टल रहेको थियो ।

आयव्यय लेखा परिक्षण प्रतिवेदन

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ