+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध नुवाकोटमा प्रभातफेरी (फोटोफिचर)

डबली खबर
७ साल अगाडी

विदुर । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नुवाकोटमा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा आज प्रभातफेरी सहित दिवस मनाईएको हो ।

कार्यक्रममा लागू पदार्थ तथा अवैध तस्करी नियन्त्रणका लागि हरेक कदममा आफ्नो तर्फबाट सहयोग रहने नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, प्रहरी नायव उपरिक्षक राजाराम खड्का लगायतले  प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी संघ-संस्थाका प्रतिनिधिहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, नागरिक समाज, पुर्व प्रहरी संगठनका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार, शिक्षक/शिक्षिका, विद्यार्थी लगायतको सभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बट्टार क्याम्पस गेटदेखि जिल्ला समन्वय समिति, नुवाकोटको प्राङ्गणसम्म र्‍याली गरी कोणसभामा परिणत भएको हो ।

Image may contain: 9 people, people smiling, people standing and outdoor

Image may contain: 7 people, people standing and outdoor

Image may contain: 10 people, people standing and outdoor

Image may contain: 25 people, people smiling, crowd and outdoor

Image may contain: 21 people, people smiling, people standing, crowd and outdoor

Image may contain: 6 people, including Pramila Sunar, crowd and outdoor

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ