+
Search

ताजा अपडेट +

पपुलर +

प्रष्ट र बाध्यकारी व्यवस्थाले महिलामा उत्साह: प्रकाशशरण महत

nepal mahila sangh nepali congress nuwakot
डबली खबर
७ साल अगाडी

गमला लामा, नुवाकोट / नेपालको संबिधानले महिलाको हक र अधिकारको विषयमा प्रष्ट र बाध्यकारी व्यवस्थाले महिलामा उत्साह मिलेको नेपाली काङ्ग्रेसको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको भएको छ ।

महिला संघ नुवाकोटले आज बट्टारमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महतले संबिधानले हरेक तहमा महिलाको सुनिश्चित प्रतिनिधित्व गरेकोले ४० प्रतिशत महिला निर्वाचित भएको र महिलाहरु अघी बढ्न सहज भएको बताउनुभएको छ । साथै पुर्व परराष्ट्रमन्त्री समेत रहनुभएका नेता महतले महिलाहरु अब आरक्षणमा मात्र नभइ प्रत्यक्ष प्रतिष्पर्धामा आउनुपर्ने बताउनुभएको छ ।

यस्तै, कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा तामाङले राज्यले महिला शसक्तिकरणको लागी विभिन्न कार्यक्रमहरु ल्याएको र ग्रामीण समुदायका महिलाहरु त्यस सम्बन्धी जानकार नभएकाले अब महिला संघले ग्रामिण भेगका महिलाहरुलाई हक, अधिकारको बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ । साथै उहाले महिलाहरु घरको चुलो चौकोमा सिमित नभई आफ्नो क्षमता अभिवृद्धि गराई अवसरको खोजीमा लाग्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा सहभागी महिलाहरुलाई महिला संघ केनद्रीय सदस्य ईश्वरी न्यौपाने, उषा राउत, समिता खड्गीले महिला हक अधिकार र नेपाली काङ्ग्रेसको रणनीतिको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सभापति समेत रहनुभएका नेपाल महिला संघ नुवाकोट अध्यक्ष कल्पना नेपालीले नुवाकोटका हरेक स्थानीय तह र वडाहरुमा समेत पुगेर महिलाका हक अधिकारको बारेमा जानकारी लिने र आगामी दिनहरुमा काँग्रेस पार्टीका एजेण्डाहरु गाउँमा लैजाने बताउनुभएको छ । लामो समयदेखि अस्तव्यस्त रहेको काँग्रेस भातृसंस्थाहरुलाई जीवन्त दिने प्रयास गर्ने र आगामी दिनहरुमा हरेक वडामा गएर समिति गठन गर्ने योजना रहेको उहाले बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काङग्रेस नुवाकोटका निवर्तमान सभापति धु्रर्ब अधिकारी, जिल्ला सचिब सुरेन्द्रराज अधिकारी, नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य जयराम दाहाल, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नुवाकोटको विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख, नेपाली काङ्ग्रेसको विभिन्न भादृसंस्थाका प्रमुख एवम् प्रतिनिधि, महिला संघमा अावद्ध महिलाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ