+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्या मावि ५० औँ वर्षमा

panchakanya secondary school Nuwakot golden jublee
डबली खबर
४ महिना अगाडी

२३ पुस, नुवाकोट । बेलकोटगढी नगरपालिका-११ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औं वर्ष प्रवेश गरेको छ ।

विद्यालयको पाँच दशक लामो गौरवपूर्ण शैक्षिक यात्रामा योगदान पुर्‍याउने संस्थापक नेतृत्व, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरू, शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति विद्यालय परिवारले सम्मान र कृतज्ञता व्यक्त गरेको छ।

विद्यालयले विगत ५० वर्षदेखि गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको माध्यमबाट सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र समाजप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

स्वर्ण जयन्तीको यस ऐतिहासिक अवसरमा विद्यालयको निरन्तर उन्नति र उज्ज्वल भविष्यको कामनासहित शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ