+
Search

ताजा अपडेट +

पपुलर +

पार्टीभित्र एकता, पारदर्शिता र अनुशासन आवश्यकः अर्जुननरसिंह केसी

डबली खबर
८ महिना अगाडी

३ पुस, नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र एकता, पारदर्शिता र अनुशासन आवश्यक रहेको बताएका छन्।

आज नुवाकोटको सदरमुकाम विदुरस्थित निवासमा पत्रकार भेटघाटमा बाेल्दै नेता केसीले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट पार्दै चुनाव नलड्नुको अर्थ राजनीति छाड्नु होइन भन्ने धारणा राखेका छन्।

उनले पार्टी र संगठनप्रति आफ्नो सक्रियता निरन्तर रहने उल्लेख गर्दै गुटबन्दी र एकपक्षीय निर्णय प्रवृत्तिको विरोध गरे।

उनले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै कुनै पनि निर्णय व्यक्तिकेन्द्रित नभई सामूहिक सहमतिका आधारमा हुनुपर्ने बताए।

उनले आलोचना र असहमतिलाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिँदै पार्टीको उच्च नेतृत्वदेखि तल्लो तहसम्म सत्य र जिम्मेवारीपूर्वक बोलिरहने प्रतिबद्धता व्यक्त गरे।

पार्टीलाई एकताबद्ध बनाएर समयअनुकूल नीति र कार्यक्रम अघि बढाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ