+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा थपिए ८ हजार ४०१ नयाँ मतदाता

election office of Nuwakot
डबली खबर
५ महिना अगाडी

१३ मङ्सिर, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नुवाकोटमा फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य भएको छ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमबहादुर थापामगरले दिएको जानकारीअनुसार गत असोज १० गतेदेखि मङ्सिर ५ गते सम्मको अवधिमा कुल आठ हजार ४०१ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन्। जसमा लिङ्गगत आधारमा नाम दर्ता गर्नेमा महिला ८८१ जना र पुरुष एक हजार ३५१ जना रहेका छन् ।

नयाँ तथा अध्यावधिक गराउनेमा राष्ट्रिय परिचयपत्रमार्फत छ हजार १२ जना, बायोमेट्रिक्ससहित फर्म भरेर दुई हजार ३८९ जना र आफैंले फर्म भरेर (लगभग) २ प्रतिशत रहेको छ ।

कार्यालयमार्फत् बाहिरी जिल्लाका लागि नाम दर्ता गराउनेको संख्या १५६ रहेको छ । जसमा महिला ६६ जना र पुरुष ९१ जना रहेका छन्।

निर्वाचन आयोगले नामावली दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताहरूले मात्र आगामी निर्वाचनमा मतदान गर्न पाउने प्रावधान तय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ