+
Search

ताजा अपडेट +

पपुलर +

शैक्षिक तथा खेलकुद सामग्री सहयोग

sizen-educational donate education materials
डबली खबर
५ महिना अगाडी

९ मङ्सिर, नुवाकोट । भैरुम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग प्राप्त भएको छ।

विदुर नगरपालिका–८, हात्तीगौंडास्थित विद्यालयलाइ सिजेन एजुकेशन कन्सल्टेन्सीका निर्देशक रोशन अधिकारीले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्टेशनरी सामग्री तथा मोजा वितरण गरेका हुन्। साथै, उनले विद्यालयको लागि आवश्यक पर्ने विभिन्न खेलकुद सामग्रीहरू समेत उपलब्ध गराएका छन्।

अधिकारीले गरेको उक्त सहयोगप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ। विद्यालयले एक सम्मानपत्रमार्फत् कृतज्ञता व्यक्त गर्दै भनेको छ, “विद्यार्थीहरूको सिकाई, हौसला र भविष्य प्रति यहाँले देखाउनुभएको माया, सद्भाव र निरन्तर सहयोगले हामीलाई मात्र नभई सम्पूर्ण समुदायलाई पनि प्रेरित बनाएको छ।”

आगामी दिनहरूमा पनि यस्तै सकारात्मक, प्रेरणादायी तथा समाजसेवा मूलक कार्यहरू निरन्तर भइरहने विश्वासका साथ विद्यालय परिवारले समाजसेवी अधिकारीको उच्च सम्मान गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ