३ मङ्सिर, विदुर । नुवाकोटका एक युवाले आफ्नो २९ औँ जन्मदिनलाई पनि समाजसेवामै समर्पित गरेका छन्।
विदुर नगरपालिका–७ का आशिष रिजालले जन्मदिनको दिन परम्परागत उत्सवभन्दा फरक रूपमा समुदायको हितमा विभिन्न सामाजिक कार्य पूरा गरेका हुन्।
जन्मदिनकै अवसरमा उनले रक्तदान गर्दै आफ्नो १३ औँ पटकको रक्तदान अभियान निरन्तरता दिए।
साथै, देवीघाटस्थित ‘देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’मा आश्रित ज्येष्ठ नागरिकलाई खाद्यान्न उपलब्ध गराउंदै मानवसेवामा सक्रियता देखाए ।
यति मात्र होइन, विदुर नगरपालिका–२ मा अवस्थित ‘आमाको माया छात्रावास’मा रहेका बालकहरूलाई उनले शैक्षिक सामग्री वितरण गरेर जन्मदिनको खुसी सँगै सहयोगको भावना पनि बाँडे।
आशिषले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया