+
Search

ताजा अपडेट +

पपुलर +

सुख दुःखमा अधिकारी

sukha dukha multipurpose cooperative nuwakot
डबली खबर
६ महिना अगाडी

१८ कात्तिक, नुवाकोट । सुख दुःख बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन भएका छन्।

बेलकोटगढी नगरपालिकाको बाघखोरमा भएको सहकारीको पाँचौँ साधारणसभाले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन गरेको हो।

सहकारीको उपाध्यक्षमा केदारबहादुर थापा, सचिवमा श्यामप्रसाद पाण्डे र कोषाध्यक्षमा दिपेन्द्र ओली चयन भएका छन्।

सदस्यहरुमा टंकप्रसाद रिमाल, उमेश घिताल, मनेका मिश्र, सीता सापकोटा, प्रेममान श्रेष्ठ, चिरञ्जीवी भट्ट र भवनाथ पौडेल चयन भएका छन्।

यस्तै, लेखा तथा सुपरीवेक्षण समितिको संयोजनमा शिवराम प्याकुरेल र सदस्यहरुमा शालिकराम गजुरेल र सुमिता श्रेष्ठ चयन भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ