+
Search

ताजा अपडेट +

पपुलर +

बिएफआई क्लब स्थापना

डबली खबर
६ महिना अगाडी

१७ कात्तिक, नुवाकोट । जिल्लामा कार्यरत बैंक, वित्तीय संस्था र बिमा कम्पनीका प्रमुखहरूले पेसागत समन्वय र सामूहिक हितका लागि ‘बिएफआई क्लब’ स्थापना गरेका छन्।

प्रभु बैंकका शाखा प्रबन्धक सुबर्णराज कंडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

सोमबार आधिकारीक रुपमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा क्लब दर्ता गरिएको हो ।

क्लबको उपाध्यक्षमा धुर्ब प्रसाद पुडासैनी र माधवप्रसाद अधिकारी, सचिवमा जीवन बोगटी, सहसचिवमा सरिता के.सी., कोषाध्यक्षमा राजुमान प्रधान, सहकोषाध्यक्षमा विश्वम्भरमानसिंह डङ्गोल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कविता श्रेष्ठ, संजय पौडेल, अर्तिला खतिवडा, दामोदर पाण्डे, सुशन श्रेष्ठ र सम्झना दवाडी रहेका छन् ।

क्लबका अध्यक्ष कंडेलले यो संगठन वित्तीय क्षेत्रका कर्मचारीहरूको हकहित संरक्षण र आपसी सम्बन्ध विस्तार गर्ने मूल उद्देश्यका साथ स्थापित भएको बताएका छन्।

बैठकमा सहभागी शाखा प्रबन्धकहरूका अनुसार, नुवाकोट क्षेत्रभित्र कार्यरत आर्थिक कारोबार गर्ने संस्थाका प्रमुखहरूबीच समन्वय बढाउन, विचार आदानप्रदान गर्न र सँगै मिलेर सामाजिक कार्य गर्न क्लबको आवश्यकता महसुस भएको थियो। यस क्लबले जिल्लाको वित्तीय क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ