२२ असोज, नुवाकोट। तारकेश्वर गाउँपालिकाभित्रका बढी चहलपहल हुने १० स्थानमा निःशुल्क वाइफाई जडान गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष शिव अधिकारीले इन्टरनेटलाई वर्तमान सन्दर्भमा सञ्चारको मुख्य माध्यम र सर्वसुलभ पहुँचलाई गाउँगाउँको आवश्यकता औँल्याएका छन् ।
उनले युवा तथा बालबालिकाको खोज/अध्ययन, तथा गृहिणी र ज्येष्ठ नागरिकहरूले सहर तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्ने मुख्य माध्यम इन्टरनेट भएकोले यसको उपलब्धता जरुरी रहेको बताए ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र धेरै जमघट र चहलपहल हुने सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने योजना बनाएको छ। सोही योजना अन्तर्गत पहिलो चरणमा १० मुख्य स्थान चयन गरी इन्टरनेट जडान गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए।