२१ भदौ, नुवाकोट । तप्त युथ क्लबको विशेष अधिवेशनबाट सागर रिमाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
आज शनिबार भएको क्लबको अधिवेशनबाट रिमाल अध्यक्षमा निर्वाचित भएका हुन् । रिमालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
क्लबको वरिष्ठ उपाध्यक्षमा सुजन श्रेष्ठ, उपाध्यक्ष राजेश रिमाल, सचिव शान्ति रिमाल, सहसचिवमा दिनेश पण्डित र कोषाध्यक्षमा सुमन मुनकर्मी र सहकोषाध्यक्षमा मंगलदास श्रेष्ठ चयन भएका छन् ।
यस्तै, क्लबको सदस्यहरुमा सन्तोष नगरकोटी, संजय श्रेष्ठ, सीताकुमारी श्रेष्ठ, दिपक ढुङ्गेल, किसान नेपाली र मिना श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया