+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालमा १ लाख ३७ हजारले लिए स्वास्थ्य सेवा

drone aerial view of Trishuli Hospital
डबली खबर
९ महिना अगाडी

११ साउन, नुवाकोट – त्रिशूली अस्पतालमा आर्थिकवर्ष २०८१/०८२ मा अस्पतालबाट १ लाख ३७ हजार ८५१ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालका निमित्त अस्पताल निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए ।

आईतबार अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित डा. लामाले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। उनका अनुसार अस्पतालमा साधारणदेखि सघन शल्यक्रिया सेवामा १ हजार ६१८ जना बिरामीले उपचार गरेका छन् । जसमा हाडजजोर्नी र परिवार नियोजनसम्बन्धी शल्यक्रिया बढी गरेका छन् । अस्पतालमा ८७७ जना महिलाले प्रसुति गराएको उनले जानकारी दिए ।

अस्पतालमा अहिले २४ विशेषज्ञ चिकित्सक र १५ जना मेडिकल अधिकृतहरुले सेवा दिईरहेको वार्षिकोत्सवको अवसरमा विमोचन गरिएको स्मारिका उल्लेख छ । अस्पताल व्यवस्थापन समितिबाट थप जनशक्तिको व्यवस्थापन गरी अस्पतालमा २११ जना चिकित्सक, नर्स र कर्मचारीले सेवा दिईरहेको छ ।

यस्तै, अस्पतालमा दैनिक सरदर ३७८ जना बिरामीले चेकजाँज गर्ने गरेको तथ्यांकले देखाएको छ ।

सामाजिक सेवा एकाईमार्फत् आ.व. २०८१/०८२ मा महिला १०७ पुरुष १२० गरी जम्मा २२७ जनालाई सेवा लिएका छन् । अहिलेसम्म ४ हजार ७९० जना बिरामीले सामाजिक सेवा एकाईमार्फत् सेवा लिएका छन् ।

जेरियाट्रिक कार्यक्रमबाट ४७८ जना जेष्ठ नागरिकहरुले सेवा लिएका छन् । अस्पतालले विदुर नगरपालिकाको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित जेष्ठ नागरिकहरु पनि सेवा दिँदै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ