१६ असार, नुवाकोट। बेलकोटगढी नगरपालिका-१३ मा रहेको सूर्यमती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रमका विद्यालयका प्रधानाध्यापक राजाराम पाण्डे तथा शिक्षकहरुको उपस्तिथिमा काभ्रे जिल्लाका पर्यटन व्यवसायी नारायणकृष्ण श्रेष्ठले विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।
सामाजिक कार्यमा क्रियाशिल श्रेष्ठले आगमी दिनमा पनि विद्यालयलाई थप सहयोग गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त सामग्री बेलकोटगढी नगरपालिका-१३ का वडा अध्यक्ष नमराज पाण्डेको पहल प्राप्त भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले जानकारी दिए।
प्रतिक्रिया