+
Search

ताजा अपडेट +

पपुलर +

वादविवादमा देविका प्रथम

Devika first in debate
डबली खबर
१० महिना अगाडी

९ असार, नुवाकोट । हुलाक सेवा विभागको आयोजनामा बट्टारमा भएको वादविवाद प्रतियोगिता पञ्चकन्या माध्यमिक विद्यालयका देविका खड्का प्रथम भएकी छिन् ।

सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सान्दर्भिकता छ वा छैन? भन्ने शिर्षकमा भएको वादविवाद प्रतियोगिता पञ्चकन्या गाउँपालिकाकी खड्का प्रथम भएकी हुन् ।

प्रतियोगितामा दुप्चेश्वर गाउँपालिकाको रुकमणि माविकी नविना भण्डारी द्वितीय र सूर्यगढी गाउँपालिकाको गणेश माविकी उषा ढकाल तृतीय भएकी छिन् ।

यस्तै, बेलकोटगढी नगरपालिकाको कामरुदेवी माविकी आयुष्मा विकले सान्त्वना स्थान प्राप्त गरेकी छिन् ।

विजेताले क्रमश: नगद १५ हजार, १२ हजार ५००, १० हजार र ७ हजार ५०० नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

जिल्लास्थित स्थानीय तहको सरकारी विद्यालयको माध्यमिक तहका ३४ जना छात्र र छात्राहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ