८ असार, नुवाकोट। विदुर नगरपालिका–२ स्थित नम्बर १ तालिम केन्द्रको ब्यारेक खोल्सामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२०३३ प ९८०१ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जाँदै गरेको बा६०प ५८२९ नम्बरको मोटरसाईकल एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा म्यागङ गाउँपालिका-२ का २७ वर्षिय हेमन्त तामाङ, ३२ वर्षिय टेकराज घले र ललितपुर महालक्षमी नगरपालिका-६ बस्ने अनिस खड्का रहेका छन् ।
घाईतेमध्ये टेकराज घलेको टाउको र अनुहारमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का घाईते हेमन्त तामाङ र अनिस खड्काको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुबै मोटरसाइकलको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र जिल्ला प्रहरी कार्यालयले ती मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।

प्रतिक्रिया