८ असार, विदुर – नुवाकोट आदर्श बहुमुखी क्याम्पसको एक नयाँ भवन आईतबार उद्घाटन भएको छ ।
आईतबार एक कार्यक्रमका बिच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भवन उद्घाटन गरेका हुन् ।
विश्वविद्यालय अनुदान आयोगको अनुदानमा दुई करोडभन्दा बढी आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए ।
१२ कोठे उक्त भवनमा विदुर नगरपालिकाको पनि आर्थिक सहयोग रहेको छ ।
उक्त नयाँ भवनमा कक्षा ११ र १२ को अध्यापन तथा सभाहल रहने क्याम्पस प्रमुख नारायणमान डङ्गोलले जानकारी दिए ।
प्रतिक्रिया