१५ जेठ, विदुर । गृह मन्त्रालयको कार्य सम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय (जिप्रका) नुवाकोटले शीर्ष पाँचमा परेको छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (माघ–चैत्र) मूल्याङ्कनमा, विभिन्न ७० वटा सूचकहरूमा प्रदर्शनका आधारमा नुवाकोट प्रशासनले १८.१२५ पूर्णाङ्क प्राप्त गर्दै पहिलो श्रेणीमा पर्न सफल भएको हो।
यसैगरी इलाम, भक्तपुर, रामेछाप र स्याङ्जा जिल्लाले पनि समान अंक प्राप्त गरेका छन्।
यसअघि तेस्रो त्रैमासिकमा ६१औं स्थानमा रहेको नुवाकोटका रहेको थियो ।
कार्यालयले शान्ति सुरक्षा, सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन लगायतका क्षेत्रहरूमा उल्लेखनीय सुधार गरेको देखिन्छ।

प्रतिक्रिया