+
Search

ताजा अपडेट +

पपुलर +

बालबालिकाले खोप लगाएको सुनिश्चितता भएसँगै विदुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका

Bidur Municipality declared fully vaccinated and sustainable
डबली खबर
११ महिना अगाडी

जेठ ८, नुवाकोट । बालबालिकाले खोप लगाएको सुनिश्चितता भएसँगै विदुर नगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भएको छ ।

बिहीवार ढुंगेमा आयोजित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रममा नगरपालिकाका उप्रमुख प्रभा बोगटीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरेकी हुन् ।

नगरपालिकाभित्र १५ महिनाभित्रका चारसय ७३ जना बालबालिकाले खोप लगाएको सुनिश्चितता भएसँगै नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए ।

कार्यक्रममा वडाअध्यक्षहरु, कर्मचारीहरु, स्वास्थ्य केन्द्र प्रमुख, स्वास्थ्यकर्मीहरु, विद्यालय नर्स, महिला स्वास्थ्य स्वंयमसेविका लगायतको सहभागिता रहेको थियो ।

घोषणा गरिएसँगै नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिकाको लागी सिफारिस गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ