१९ चैत, नुवाकोट । नेपाल आदिवासी जनजाती महासङ्घ नगर समन्वय परिषद विदुर नगरपालिकाको अध्यक्षमा लक्ष्मी प्रधान सर्वसम्मत चयन भएकी छिन् ।
शनिबार भएको नगर परिषदका अध्यक्ष प्रधानको नेतृत्वमा १६ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा गुणदास कुमाल, शुशिला वाईबा तामाङ, माया माझी र मिनु घले चयन भएका छन् ।
यसैगरी समितिको सचिवमा मनिषमान राजभण्डारी, कोषाध्यक्षमा लिलुमाया तामाङ, सहसचिवमा लक्ष्मी आलेमगर, रेखा घले, विराटमानसिंह डङ्गोल र भिमबहादुर तामाङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष प्रधानले सबैको सहकार्यमा संस्थाले आगामी दिनमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया