२९ फागुन, नुवाकोट । सदरमुकाम विदुर आज बिहानदेखि होलीको उत्सवले रङ्गीनमय बनेको थियो ।
स्थानीयहरू विदुरको लक्ष्मीनारायण मन्दिरको ५१औं वार्षिकोत्सव र होली पर्वको उल्लासमा रङ्ग र अबिरको रमाइलो गर्दै एकआपसमा सद्भाव र मित्रतासँगै यो पर्व मनाएका छन् ।
बसन्त ऋतुको आगमनसँगै होली पर्वले आपसी मेलमिलाप र सदभावको सन्देश फैलाउने क्रममा नुवाकोटका मन्दिर, पार्कसहित पहाडी र हिमाली जिल्लामा सर्वसाधारणहरू हर्षोल्लासका साथ रङ्गको पर्वमा सहभागी भएका थिए ।
नुवाकोटका विभिन्न स्थानहरूमा, विशेषगरी वनदेवी मन्दिर, बाशुकी मन्दिर, कपिलेश्वर महादेवलगायतका स्थानहरुमा रङ्ग र अबिर लगाएर नाचगान गर्दै होलीको उल्लास देख्न सकिन्थ्यो ।

प्रतिक्रिया