२४ फागुन, नुवाकोट । माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय प्रथम भएको छ ।
विदुर नगरपालिकाको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित प्रतियोगितामा त्रिभुवन त्रिशूली प्रथम भएको हो ।
विदुरमा भएको प्रतियोगितामा च्वाडी पब्लिक मावि द्वितीय, रणभुवनेश्वरी मावि तृतीय र प्रगतीशिल माविले सान्त्वना स्थान हासिल गरेको छ ।
विजेता विद्यालयका विद्यार्थीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले नगद र प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा मेयर श्रेष्ठले महिला आन्दोलनको चर्चा गर्दै आफुभित्रको पहिचान गरी प्रतिभा प्रष्फुटन गर्नुपर्ने बताए ।
उपमेयर बोगटीले महिलाले संविधानमा रहेको हक, अधिकारबारे जानकार हुनुपर्ने बताईन् । संविधानमा लेखिएका र बाध्यात्मक अवस्था बाहेक महिलाले नेतृत्व गर्न सक्छन्। महिलालाई पनि अवसर दिनुपर्छ भन्ने आत्मसाथ नगरेको उपमेयर बोगटीले बताईन् ।
सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण मूल नारा रहेको यस वर्षको महिला दिवस नुवाकोटलगायत देशभर विविध कार्यक्रम गरी मनाईएको छ।
प्रतिक्रिया