+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल मगर संघको ४३औं स्थापना दिवस

magar day in Nuwakot
डबली खबर
१ साल अगाडी

१५ फागुन, नुवाकोट। मगरात सभ्यताको दस्तावेजिकरणसहित लखन साँस्कृतिक संग्रहालय बनाउन माग गर्दै नेपाल मगर संघ नुवाकोटले ४३औं स्थापना दिवस मनाएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा लिखु गाउँपालिकाको बराफेदीमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकाेट (नेफिन नुवाकोट) का अध्यक्ष एवं नेफिन बागमती प्रदेश समितिका सचिवालय सदस्य भगवान राना मगरकाे प्रमुख आतिथ्यता रहेको थियो।

सांस्कृतिक र वनभाेज कार्यक्रममा नेफिन नुवाकोटका अध्यक्ष राना मगरले नेपाल मगर संघ केन्द्र र जिल्ला नुवाकाेटकाे संगठनकाे स्थापना र संस्थापक हालकाे विषयमा जानकारी गराएका थिए । उनले सत्य र तथ्यरुपमा नेपालका प्रथम शहिद क्या. लखन थापा मगरलाई सहानुभूतिपूर्ण आत्मसम्मान साथ राष्ट्रिय विभूती, सहिद विदालगायतका मागसहित संग्रहालयको निर्माणमा बिशेष सहयाेग र भवन निर्माणका लागि जग्गा खरिद गर्न सम्पूर्ण समाजसेवी सहयाेगी हातहरुलाई सहयाेग गर्न अनुराेध गरेका छन् । मगरात सभ्यतालाई सहयाेग पुग्ने भाषा लिपि, इतिहास, प्रकृति पुजक र बाैद्व धर्म र मगर वापा साथै मगर भाषा तालिम तथा व्यवस्थापनमा जाेड दिनुपर्ने तथ्य औल्याएका थिए ।

“नुवाकाेटका जयन्त राना मगर र मानसिङ खड्का स्मृति अक्षयकाेष गठन गरेर मात्र हुदैन”, उनले भने “यस समितिले अनुसन्धान गरि सत्य र तथ्य घटना सम्बन्धितसग बुझि उजागर गरि ऐतिहासिक किताब प्रकाशन र जिल्लाकाे मगरकाे जनसंख्या तथ्यरुपमा मगर संघ नुवाकोटले संकलन गरि सार्वजनिक गर्नु पर्ने आजकाे महत्त्वपूर्ण आवश्यकता रहेकाे छ।”

संघकी अध्यक्ष बचुमाया सुनारी मगरकाे अध्यक्षतामा भएको कार्यक्रममा मगर समुदायको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ