१३ फागुन, नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले आफ्ना सदस्य विद्यालयका संस्थापक, सञ्चालक तथा गुठियारहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेतृत्व विकास र योग तथा ध्यानसम्बन्धि कार्यशाला गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
बट्टारमा भएको कार्यक्रम राष्ट्रिय अध्यक्ष डिके ढुंगानाले सांगठनिक प्रशिक्षणसहितको प्रस्तुति गरेका थिए ।
यसैगरी कार्यक्रममा आचार्य श्री महेन्द्र वशिष्ठद्वारा योग र ध्यानसहितको आध्यात्मिक प्रस्तुति र ध्यान योगाभ्यास दिएका थिए ।
विद्यालय कर सम्बन्धि अत्यावश्यक जानकारी कर सेवा कार्यालय गल्छीका कर अधिकृत लक्ष्मी खड्काले दिएकी थिईन् ।
कार्यक्रमहरुबाट विद्यालय संस्थापक, सञ्चालक तथा गुठियारहरुका लागि पनि प्याब्सन प्रतिको अपनत्व बोध हुने र हरेक विद्यालयहरुलाई व्यवस्थापनका लागि थप सहजता ल्याउने अपेक्षा गरिएको अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए ।
हालै सम्पन्न प्याब्सन बागमती प्रदेश अधिवेशनबाट नवनिर्वाचित प्रदेश कार्यसमिति र प्रदेशभित्रका १३ वटै जिल्लाका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
प्याब्सन नुवाकोटले आगामी दिनमा शिक्षक, कर्माचारी र अभिभावक केन्द्रीत कार्यक्रमहरु सञ्चालन र निरन्तरता दिइने अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया