२ फागुन, विदुर । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सामाजिक विकास कार्यालय धादिङद्वारा सञ्चालित कम्प्युटर अपरेटर र मोबाइल मर्मत प्रशिक्षण शुक्रबार समापन भएको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको मातहतमा रहेको इलम प्रशिक्षण केन्द्रमा शुक्रबार समापन भएको हो ।
इलम प्रशिक्षण केन्द्रको समन्वयमा भएको नि:शुल्क ३ महिना (३९० कार्य घण्टा)को कम्प्युटर अपरेटर र मोबाईल मर्मत प्रशिक्षणमा १५/१५ जना प्रशिक्षार्थीले सहभागिता जनाएको कार्यालयका शिक्षा अधिकृत रमेशबहादुर खड्काले जानकारी दिए ।
प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जीवनोपगी प्रशिक्षणपछि सीपको उचित प्रयोग गरी स्वदेशमै स्वरोजगार हुनुपर्ने बताए ।
नुवाकोट उद्योग वाणिज्य सङ्घले ०६० सालदेखि इलम केन्द्रमार्फत् जिल्लाका लागि आवश्यक प्राविधिक जनशक्ति न्यूनतम शुल्कमा उत्पादन गर्दै आईरहेको सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया