१६ माघ, नुवाकोट । विदुर नगरपालिका-१ मा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजाखर्च जोगाएर जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् ।
देवीघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरिएको कार्यक्रम संयोजक कसुमी तामाङले बताईन् । विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो दैनिक खाजा खर्चबाट बचत भएको र पाक शिक्षाबाट सिञ्चित रकमले खाद्यान्न सहयोग गरिएको उनले बताईन् ।
सहयोग गरिएको खाद्यान्नमा चामल, बिस्कुट र स्याउ रहेको कार्यक्रम संयोजक उनले जानकारी दिईन् ।
जेष्ठ नागरिकहरु प्रति गर्नुपर्ने सम्मान, संरक्षण, माया र ममताको भाव विद्यार्थीहरुमा जगाउने उदेश्यले विद्यालयले जेष्ठ नागरिकहरुलाई सहयोग कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले बताए ।

गत शुक्रबार अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यार्थीहरुले स्थानीय मौलिक परिकार बनाई अभिभावक तथा स्थानीयस्तरमा बिक्री, वितरण गरिएको शिक्षक अनिल पाण्डेले जानकारी दिए । साथै सोहि कार्यक्रमबाट पनि बचत भएको सिञ्जित रकमले सहयोग गरिएको उनले बताए ।
मङ्गलबार विद्यार्थीहरुलाई विदुर नगरपालिकाकाका विभिन्न क्षेत्रहरुको शैक्षिक अवलोकन गराएको थियो ।
प्रतिक्रिया