+
Search

ताजा अपडेट +

पपुलर +

घरमै बसेर कम्पनी र भ्याट दर्ता गराउन सकिने

register a company and vat
डबली खबर
१ साल अगाडी

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न नसक्ने र लगानी स्वदेश र विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको उनीहरूले बताएका थिए । प्रधानमन्त्री ओली र सरकारलाई उनीहरूले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ