८ माघ, नुवाकोट । अजिङ्गरे माध्यमिक विद्यालयले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको छ ।
आईतबार एक समारोहकाबीच विदुर नगरपालिका-१३ मा रहेको विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षा क्षेत्रको सुधार र प्रबर्द्धनका लागि सामुदायिक विद्यालयहरूको योगदान प्रशंसनीय रहेको बताए ।
प्रधानाध्यापक रामचन्द्र भण्डारीले विद्यालयको आयव्यय र प्रगति अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयको शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए ।
गत वर्ष एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र क्षितिज तामाङलाई २२ हजार रुपैयाँ नगद पुरस्कार प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्लाका शिर्ष जनप्रतिनिधि, विद्यालयका अभिभावक, स्थानीय र विद्यार्थीहरू उपस्थिति रहेको थियो ।
प्रतिक्रिया