७ माघ, नुवाकोट । निरञ्जना कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजकुमार रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
गत पुस २७ गते भएको सहकारीको पाँचौ अधिवेशनबाट रेग्मी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।
अध्यक्ष रेग्मीको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
सहकारीको उपाध्यक्षमा कालिबहादुर तिवारी, सचिवमा विशाल तामाङ, काेषाध्यक्षमा कृष्णप्रसाद तिवारी चयन भएका छन् ।
सदस्यहरुमा कुवेरप्रसाद थपलिया, शारदा पन्थ र विन्दा तिवारी रहेका छन् ।
यस्तै, गाेर्कण तामाङको संयाेजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।

प्रतिक्रिया