+
Search

ताजा अपडेट +

पपुलर +

सूचना तथा अभिलेख केन्द्र सञ्चालनमा

information center in shivapuri rural municipality
डबली खबर
१ साल अगाडी

३ माघ, नुवाकोट । शिवपुरी गाउँपालिकाले गत पुस २९ गतेदेखि सूचना तथा अभिलेख केन्द्र सञ्चालनमा ल्याएको छ ।

बुधबार एक समारोहकाबीच गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले केन्द्रको उद्घाटन गरेका हुन् ।

गाउँपालिका तथा मातहतका कार्यालयबाट सम्पादन गरिएका कार्यको नागरिकले सजिलै जानकारी लिन सकिने गाउँपालिकाका अध्यक्ष थपलियाले बताए ।

सार्वजनिक काममा भएका गतिविधिहरुको सजिलै सूचना प्राप्त गर्न नियमपूर्वक माग गरे निवेदनका आधारमा सजिलै प्राप्त गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए ।

नागरिकले गाउँ कार्यपालिकाको कोठा नम्बर १०४ सूचना प्रविधि शाखामार्फत उक्त सेवा लिन सकिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ