+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीको सहभागितामा स्वजागरण कार्यक्रम हुने

डबली खबर
१ साल अगाडी

३ माघ, नुवाकोट । नुवाकोट जीवन विज्ञान प्रयोगशालाले शनिबार माघ ५ गते बट्टारमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सहभागितामा ध्यान, योग र अध्यात्मको स्वजागरण कार्यक्रम आयोजना गर्ने भएको छ । 

प्रतिष्ठानले बिहीबार बट्टारमा प्रेस पत्रकार सम्मेलन गर्दै जीवन विज्ञान प्रतिष्ठानका परिषदका संयोजक निर्माला केसीले स्वजागरण कार्यक्रम आयोजना गर्ने जानकारी दिएकी हुन् । 

प्रयोगशाला र जीवन विज्ञान प्रतिष्ठान नेपालको आयोजना हुने स्वजागरण कार्यक्रममार्फत योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माण हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ