+
Search

ताजा अपडेट +

पपुलर +

लोक नृत्यमा त्रिभुवन त्रिशूली मावि प्रथम

डबली खबर
१ साल अगाडी

२८ पुस, नुवाकोट । विदुर नगरपालिकास्तरीय अन्तरमाध्यामिक विद्यालय लोक नृत्य प्रतियोगितामा त्रिभुवन त्रिशूली मावि प्रथम भएको छ ।

पृथ्वी माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा त्रित्रिमाविले १३६ अङ्क प्राप्त गर्दै प्रथम भएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा नेशनल बेथल एकेडेमीले १३१.५ अङ्क प्राप्त गर्दै द्वितिय र स्पार्कल इन्टरनेशनल बोर्डिङ स्कूलले १३०.५ अङ्क प्राप्त गर्दै तृतीय भएका छन् ।

विजेता विद्यालयहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विजेता विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई माला लगाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ