पुस २६, नुवाकोट । विदुर नगरपालिकाले एकीकृत रुपमा पृथ्वी जयन्ती मनाउने भएको छ ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन नगरप्रमुख राजन श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।
बिगतका बर्षहरुमा देबिघाट र नुवाकोट दरबार क्षेत्रमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती मनाईदै आएकोमा यस पटक नगरपालिकाले एकीकृत रुपमा कार्यक्रम आयोजना गर्न लागेको हो । अवदेखि मूल समारोह समितिको कार्यक्रम नुवाकोट र देबिघाटमा बर्षेनी आलोपालो रुपमा सञ्चालन गरिने समेत नगरपालिकाले जनाएको छ ।
कार्यक्रम अनुसार पुष २७ गते बिदुर नगरपालिका वडा नम्वर ५ स्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको समाधिस्थल तथा वडा नम्वर २ स्थित नुवाकोट दरबार क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितीमा माल्यार्पण र प्रवचन लगायतका कार्यक्रमहरु तय गरिएका छन् ।
२७ गते बिहान देबिघाटमा रहेको पृथ्वी शालिकमा माल्यार्पण र झाँकीहरुसहित बजार परिक्रमा पछि नुवाकोट दरबार क्षेत्रमा प्रवचन कार्यक्रम गरिनेछ ।
यसै सन्दर्भमा अन्तरपालिका स्तरीय महिला भलिवल, माध्यमिक बिद्यालयस्तरीय खेलकुद र बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएका छन् ।

प्रतिक्रिया