+
Search

ताजा अपडेट +

पपुलर +

१८ हजार बृक्षारोपण गर्ने घोषणा

global ime bank announced 18000 tree plantations
डबली खबर
१ साल अगाडी

२३ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ ।

बैंकले गत पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर संचालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ