+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बचत सङ्घले थप १० सहकारीलाई आवद्ध गर्ने

chandra prasad dhakal nescun nepal
डबली खबर
१ साल अगाडी

२१ पुस, विदुर । नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड नुवाकोटले चालु आर्थिकवर्षमा १० प्रारम्भिक सहकारी संस्था थप गर्ने भएको छ।

शनिबार भएको सङ्घको चौथो वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले चालु आर्थिकवर्षमा १० प्रारम्भिक सहकारी संस्था थप गर्ने जानकारी दिए । पन्ध्र लाख पचपन्न हजार शेयर पुँजी रहेकोको संस्थाको निक्षेप सङ्कलनमा ४.१८ प्रतिशतले वृद्धि भएको छ । सत्र लाख अठहत्तर हजार त्रिचालिस रुपैँया निक्षेप सङ्कलन गर्दै ३१ हजार ३१ हजार ८५५ रुपैँया विविध कोष खडा गर्न सकेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अरु सामाजिक संस्थाभन्दा परिष्कृत संस्था रहेको हुनाले सहकारीका वर्तमान अवस्थामा समस्या र समाधान दुवै भएकोले सबैको सहकार्यमा हल गरिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सङ्घका अध्यक्ष नारायण श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिकृष्ण श्रेष्ठ र कोषाध्यक्ष रामराजा श्रेष्ठले आआफ्नो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

हाल सङ्घमा २० प्रारम्भिक सहकारीको सदस्यता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ