+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प पीडितहरूका लागि संगम सहकारीको आर्थिक सहयोग

डबली खबर
२ साल अगाडी

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्तिक १७ गते जाजरकोट र रुकुममा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले ३० हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ।

शुक्रबार सहकारीका अध्यक्ष केशव मिश्रसहित पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई राहतकोषमा जम्मा भएको भौचर बुझाएका छन् ।

सहकारीको निर्णयअनुसार नयाँ कार्यसमितिको पहिलो बैठकबापतको भत्ता र थप सहयोग गर्ने निर्णय बमोजिम जाजरकोट र रुकुमका भुकम्पपिडितलाई राहतस्वरुप सहयोग गरिएको सहकारीका अध्यक्ष मिश्रले बताए ।

उक्त रकमबाट भुकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने सहकारीले जनाएको छ।

सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, संस्कृतिक प्रवर्द्धन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ