+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सिकाई केन्द्रको अध्यक्षमा कृष्ण

samaj sachetan sikai kendra nuwakot
डबली खबर
३ साल अगाडी

नुवाकोट – सचेतन सामाजिक सिकाई केन्द्रको अध्यक्षमा कृष्ण दाहाल सर्वसम्मत रुपमा चयन भएको छ ।

आज शनिबार विदुरमा भएको केन्द्रको १७औं साधारणसभा तथा अधिवेशनले दाहालको अध्यक्षतामा १० सदस्यीय समिति चयन भएको हो ।

कार्यसमितिको पदेन सदस्यमा विदुर नगरपालिका-४ का वडाध्यक्ष निलमबाबु ढुंगेल र अन्य सदस्यहरुमा शिवकुमार मिश्र, सुजनकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, रामदेवी श्रेष्ठ, शर्मिला पन्थ, देवकी बोगटी, दिलमाया श्रेष्ठ चयन भएका छन् । कर्मचारीको तर्फबाट सदस्य सचिवमा बिना खाती रहने नेपाल सरकारको निर्देशिकामा व्यवस्था गरेको छ । अन्य सदस्यमा कार्यसमितिको पहिलो बैठकले तय गर्ने जनाएको छ।

केन्द्रको सदस्यमा जनप्रतिनिधि, शिक्षाप्रेमी, शिक्षक, समाजसेवी, विद्यालय निरीक्षक, गैरसरकारी संस्था सदस्य, सामुदायिक परिचालक रहनुपर्ने प्रावधान रहेको केन्द्रका संस्थापक अध्यक्ष यमकुमार खातीले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष पशुपति कोइरालाले वार्षिक प्रगति विवरण तथा आयव्यय प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ