+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासनसँग स्वीकृति लिएरमात्र विवाह गर्न अनुरोध

wedding nepal
डबली खबर
४ साल अगाडी

नुवाकोट – विश्वभर तिव्ररुपमा बढ्दै गइरहेको कोरोनाभाइरसको नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयले ३६ बुँदे अनुरोध गरेको छ ।

सरकारको आदेशानुसार विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा सम्बन्धित प्रशासनसँग अनुमति लिएर जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गर्न पाइने भएको छ ।

पार्टी प्यालेसमा गरिने कार्यक्रममा एक पटकमा कुल क्षमताको बढीमा एक–तिहाईमा नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैवाहिक र व्रतबन्धका कार्यक्रम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कार्यक्रम गर्नको लागि सम्बन्धित जिल्ला अधिकारीबाट पुर्व स्वीकृति लिई विवाह, व्रतबन्ध, न्वारान तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पर्ने बुंदा न ८ मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ