२०८१, २२ बैशाख शनिबार

‘सरोकारवाला सबैको भूमिका प्रभावकारी हुनुपर्छ’: प्रकाश अधिकारी

    चैत्र ३० २०७६ १६:०७

prakash adhikari_Corona_nuwakot_dabali_khabar_tws_trishuli_web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

चीनको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को प्रभावले विहिवारसम्म विश्वका १७ लाख भन्दा वढी मानिसमा संक्रमण भइसकेका छन् । संक्रमित भएका मध्य १ लाख २ हजार जनाको भाईरसका कारण मृत्यु भइसकेको छ भने ३ लाख ७६ हजार संक्रमित मानिस निको भई घर फर्कदा १२ लाख १८ हजार मानिसले कोरोना भाईरसको उपचार गराईरहेका छन् । विश्वका दुई सय भन्दा वढी देशमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागी हाम्रो देश नेपाल समेत यतिखेत लामो लकडाउनेको अवस्थामा छ । वलियो नभएको भनिएको कोरोना भाइरसले इटली सवैभन्दा वढी आक्रान्त बनीरहदा नेपालमा भने सरकारी तथ्याङ लाई मान्ने हो भने ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र एक जना उपचार पछि घर फर्किएको अवस्थामा रहेको छ । विश्वका शक्तिशाली राष्ट्रहरु मानविय क्षति व्यहोर्दै कोरोना बाट हार खाईरहेको अवस्थामा नेपाल भित्र भने मानवीय क्षति वेहोर्नु नपर्दा केही हद सम्म खुशी मान्नुपर्ने अवस्था छ ।

सरकार र स्थानीय तहको तयारी

चीनको बुहान प्रान्तबाट नेपाल आएका एक नेपाली यूवामा पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएपछि कोरोनाको सन्र्दभमा नेपाल सरकारले उच्च सर्तकता अपनाउन सुरु गरेको थियो । खास गरि नेपालले ढिलो गरेर भएपनि भाइरस नियन्त्रणको लागि अन्र्तराष्ट्रिय हवाई उडानहरु बन्द गरी देशमा लकडाउनको घोषणा गरी कार्यान्वयनको अवस्थामा छ । लकडाउनको समयमा सरकारले सिमित श्रोत साधनको बावजुट आफ्ना नागरिकहरुको रक्षाका लागी अग्रपङतीमा उपचारको लागी चिकित्सक लगायत स्वास्थ्यकर्मी र सुरक्षाका खातिर नेपाल प्रहरी,शसस्त्र र सेना समेतलाई परिचालन गरेको छ । यो राम्रो पक्ष हो । लामो समयसम्म स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सुरक्षित स्वास्थ्य सामाग्री उपलव्ध नहुनु र नागरिकको स्वास्थ्य परीक्षण तिव्र गतिमा अघि वढाउन नसक्नुमा सरकारले नागरिकको तर्फबाट आलोचना खेप्दै आएको छ । रुघाखोकी लाग्नु, गला सुख्खा हुनु, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, टाउको दुख्ने जस्ता लक्षण देखिने कोरोना भाइरस संक्रमण नियन्त्रणको लागी जिल्लास्तरमा समेत सक्रियता बढाइएको छ । स्थानीय सरकारको सन्र्दभलाई जोड्ने हो भने कोरोना भाइरस नियन्त्रण र उपचारको लागी नुवाकोटका १२ स्थानीय तह, त्रिशूली अस्पताल, आयूर्वेद, निजी अस्पताल तथा क्लिनिकहरुमा निकै सुस्त गतिले जम्मा १ सय ९८ जनाको चेकजाच गरिएको छ । संक्रमित देखिएका विरामीहरुको उपचारका लागी २ सय ६८ क्वारेन्टाईन वेड स्थापना भएका छन । त्यसमा १४ जनाले उपचार गराएका छन भने होम क्वारेन्टाइनमा २ सय ७९ जना रहेका छन । मिल्दोजुल्दो लक्षण भई आसङकित भएकाहरुको लागी त्रिशूली अस्पतालमा १० र तादी गाउपालिकामा ६ गरी १६ आइसोलेसन वेड स्थापना गरिएको छ । आईसोलेसन वेडमा रहेका विदुर र वुधसिङका एकएक जनामा कोरोना संक्रमित नेगेटिभ भेटिएपछि होम क्वारेन्टायनमा वस्ने गरि घर फर्काइएको छ ।

सञ्चारमाध्यमको भूमिका

दोस्रो विश्वयुद्व पछि सवैभन्दा ठूलो सख्यामा मानविय क्षति हुनुमा कोरोना भाइरस माध्यम वनेको छ । पछिल्लो समय पुरै विश्वका लागी टाउको दुखाइको विषय वनेको कोरोना नियन्त्रणमा चीन, अमेरिका, वेलायत, फ्रान्स, ईटली लगायत ठूला देशका वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सिन पत्ता लगाउने अभियानमा जुटिरहेका छन्, तर कुनै सफलता हात पार्न सकेका छैनन् । भ्याक्सिन पत्ता लागी हालेको अवस्थामा पनि पुर्ण रुपमा नियन्त्रणमा आउन १८ महिना समय लाग्ने विज्ञहरुले बताउदै आएको छन् । यस्तो अवस्थामा नियन्त्रण भन्दा पनि रोकथाममा जुट्नु हाम्रो मुख्य लक्ष्य वन्नु पर्छ । राष्ट्रको चौथों अंगको रुपमा रहेको संचारमाध्यमले कोरोनाको विषयमा डरत्रास उत्पन्न हुने र आंतङ्कित पार्ने खालको समाचार सामाग्री भन्दा मानवीय हितमा रहने खालका रचनात्मक, जनचेतना मूलक समाग्री तयार गरी आम जनमानसलाई सुसुचित गराउनु पर्दछ । कोरोना भाइरसका नाममा हुने अनियमितता, भ्रष्ट्राचार रोक्ने दायित्व पनि संचारमाध्यमको रहन्छ । खासगरी सरकार र स्थानिय तह कोरोना नियन्त्रणका लागी स्वास्थ्य सामाग्री किन्ने नाममा भ्रष्टाचार अनियमितता गर्ने तर्फ अल्झिरहेको छ भने पुर्ववतः रुपमा प्रयाप्त पूर्वाधारहरु निर्माण गर्न सकिरहेका छैनन् । जस्ले गर्दा भविष्यमा कुनै भयावह स्थिति नआउला भन्न सक्ने स्थिति रहन्न । विदेशबाट आउने नागरिकहरु लाई क्वारेन्टायनमा राख्ने देखि नियन्त्रण र उपचारको लागी तयारी अवस्थामा रहने खालको पूर्वाधार निर्माण र सन्देशमुलक गतिविधिमा संचारमाध्यम चनाखो हुनुपर्ने अहिलेको आवश्यकता देखिएको छ ।

नागरिक समाजको भुमिका

सरकारले कोरोना भाइरस नेपालमा तेस्रो चरणमा प्रवेश गरेको प्रचार गरी रहँदा यसबाट के स्पष्ट हुन्छ भने आगामी दिन नेपाल यस प्रकोपबाट थप संकटमा पर्ने अवस्था देखिन्छ । पछिल्लो समय वडास्तरमा गरिएको राहत वितरण प्रक्रियामा स्थानीयतह माथि औला उठ्नेदेखि समाजिक संजालमा टिका टिप्पणी देखिनु पक्कैपनि हाम्रा लागी शुभ संकेत होईन् । आग्रह पूर्वाग्रहले समाजमा वितृष्णा पैदा गराउँछ र यसले समाजलाई एकतावद्ध र मेलमिलापको स्थितिबाट द्वैस तिर धकैल्छ । यस्तो अवस्थामा समाजलाई गोलबद्ध गरी एकता कायम गराउन नागरिक समाजको अहम भूमिका रहन्छ । श्रोत साधनको अभावले कुनैपनि महामारीको समयमा भगवान भरोसा माथि विश्वास गर्नुपर्ने हाम्रो वाध्यता छ । प्रकोप र महामारीको समयमा नागरिकलाई स्वास्थ्य रहने तरिका, नियम कानुनको पालना, सावधानीका उपायदेखि उपचारका क्रममा सम्वन्धित पक्षलाई सहयोग पु¥याउने दायित्व नागरिक समाजको रहन्छ । नागरिक अनुशासन नै कोरोना भाइरस विरुद्धको संजीवनी बुटी हो, तसर्थ सवै पक्षले आफूलाई अनुशासित घेराभित्र राख्न सके यो महामारी विरुद्ध लड्न सकिन्छ । अन्त्यमा सरकाले घोषणा गरको लकडाउन पालन गरी भिडभाडमा नजाने, घरभित्र सफा कपडाका साथै भाडावर्तन प्रयोग गर्ने, नियमित रुपमा सावुनपानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने, तातोपानी पिउने, र स्वच्छ खानपानमा ध्यान दिने दृढ सकल्पको रुपमा लिएमात्र कोरोना भाइरसबाट बच्न सकिन्छ ।

विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला नागरिक समाज, सञ्चारकर्मीको भूमिका अझै प्रभावकारी हुनुपर्छ । सचेत हुने खालका सुचना प्रदान गर्नु, नागरिकलाई सुसचित गर्नु, सान्त्वना दिनु र सरोकारवाला निकायलाई आफ्नो दायित्वबारे अझै प्रभावकारी भूमिका निर्वाह गराउनको लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । समस्यामा परेका नागरिक र सरकार एवं सरोकारवालावीच समन्वयको भूमिकामा पनि सञ्चारकर्मी र नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । अझ सञ्चारमर्कीको भूमिका यो विपद्को बेला प्रभावकारी एवं सही सुचना प्रदान गर्न सकिएन भने नागरिकमा त्रास उत्पन्न हुन्छ । हामीले सञ्चार गर्ने सुचनाले आम नागरिकको इच्छा, आकांक्षा र भरोसालाई ठूलो महत्व राख्दछ ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top