sujim advert

हराएका विदुरहरु

सुनील श्रेष्ठ     फाल्गुन १०, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur center of nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट जिल्लाको सदरमुकाम विदुरको नामबाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित २०७३ साल फाल्गुण २७ गतेबाट सञ्चालनमा आएको हो । हुनतः २०४२ सालमै विदुरको नामबाटै विदुर नगरपालिकाको नामकरण भएको हो । जेठो नगरपालिकाको चिनिएतापनि जिल्लाको सदरमुकाम विदुर भएर पनि शहरी विकास र दीगो अवधारणा फस्टाउन सकिरहेको छैन । विकाससँगै विदुरको इतिहास मेटिदैछ । स्थानीय तह निर्माण भएदेखि विदुरमा मानव पदचाप कम हुदै गर्दा विदुरको छाप पनि हराउँदै गइरएको छ । माथिल्लो र तल्लो विदुरको सम्बन्ध टाढीएको छ । केहिमा निर्भर रहेको विदुर अहिले परनिर्भर भएको छ । जसको लागि सामुदायिक विद्युतीयकरणमार्फत् सामाजिक र वातावरणीय परिवर्तनको लागि स्थानीय तहले थातथलो कार्यक्रम सञ्चालन गरी स्थायीत्व कायम गर्नुपर्ने देखिन्छ ।

वनदेवी मन्दिर पदमार्ग

अहिलेको हुलाक कार्यालयदेखि र रावलधारा हुँदै मन्दिर जाने पदमार्गको छाप हराएको छ । नुवाकोट-बागेश्वरी सडक विस्तारले पनि ऐतिहासिक पदमार्ग मेटिँदै गएको छ । जुन जिल्लाको सदरमुकाम नुवाकोटनै हुदाँ आउने जाने मार्गको रुपमा रहेको थियो । बान्द्रेदेखि आउने पदमार्ग पनि केहि अलमल छ ।

मसलाघारी

अहिले विदुर खानेपानी तथा सरसफाई संस्था, योगा भवन, शहरी स्वास्थ्य केन्द्र, सेफ हाउसलगायतका भवन निर्माण भएको छ । जुन स्थानलाई विदुर निवासीले मसलाघारीको नामले चिन्दथे । स्थानीयले चौपाया चरण र खेल्नेस्थानको रुपमा प्रयोग गर्दै आईरहेका थिए । विकास निर्माणसँगै तीन दशक बितिसक्दा ‘मसलाघारी’को नाम निशाननै मेटिएको छ । वन फाँडेर विकास गरिएको छ । मसलाघारीसँगै रहेको रातटाउके आँपको बोट अहिले बस बिसौनी भएको छ । त्यो पनि बुढो भएर काटिएको छ ।

अमलाचौर

सदरमुकाम विदुरबाट नजिक गौचरण, वनभोज जस्ता गतिविधि गर्न खुला क्षेत्र अहिले ओझेलमा छ । स्थानीयले पशुपालन गर्न छोडेको लामोअवधिपछि अमलाचौर अहिले बौद्धधर्मालम्बीहरुको दाहसंस्कार गर्ने स्थलको रुपमा विकसित हुदैंछ । मौसमी तरकारीको रुपमा दुर्लभ च्याउ ‘पट्याउ’ र अन्य वन च्याउ खोज्न जाने माहोलको हराएको छ । वर्षात् समयमा जाने उक्त माहोलको होडबाजी सम्झनामा सिमित भएको छ । चौरको भुइँभरि हुने अमला अचेल सम्झनाका पानामा स्पर्श छ । खाना पकाउन चुलो बाल्न वनमा दाउरा लिने जाने गरिन्थ्यो । अहिले सहज र शहरी जीवनशैलीले सबै आयातित ग्यासमा रमाएका छन् ।

लक्ष्मीनारायण मन्दिर

०७२ सालको महाभूकम्पले गर्दा लक्ष्मीनारायण मन्दिर भत्किएपछि पुनर्निर्माण पछि भइरहेको मन्दिरको स्थान भन्दा करिब ३० मिटर पर नयाँ प्यागोडाशैलीमा निर्माण भएको छ । भूकम्पले क्षति भएको लक्ष्मीनारायणको मूर्ति अहिले लोकतान्त्रिक चौताराको पूर्व भागमा राखिएको छ भने नयाँ मूर्ति स्थापना गरिएको अवस्था छ । पुरानो मन्दिरको केहि भग्नावशेष र घन्टीको छाप मात्र छ ।

ऐँसेलुधारा र छरछरे धारा

ओसमा फल्ने मौसमी फल ऐँसेलु मैथली खोलाको किनारमा पाईन्थ्यो, टिपिन्थ्यो, खाईन्थ्यो । खोलाकै पानी र मूलपानीको धाराले नुहाईधुवाई गरिन्थ्यो । वर्षामा मात्र पलाउने मूलधारा छरछरे धारा अहिले भर नहुने भएको छ । वस्ती विस्तारसँगै मूल हराउँदै भएको छ । रावलधाराको पानी विदुरका खेतका गह्राहरुमा सिँचाई हुन्थ्यो । अहिले सिमित मात्रमा हुन्छ र छरछरे धाराको मुहान पानी पनि अभ्यस्त छ ।

त्रिशूली खोला र बगैँचा

रिजाल बगैंचामा मौसमी फलफुल आँप र लिची फाल्दा स्थानीयहरु हर्षित हुन्थे । मौका मिलाएर फल लिने कला अद्भुत हुन्थ्यो, सुनिन्थ्यो । बगैंचाभरि फलफुल फलेको देख्दा सबै मोहित हुन्थे । शनिबार या विदाको समय त्रिशूली खोलामा नुहाईधुवाई, पौडी खेली घरफर्कने बेला मेसो मिलाएर फल लिने र माली देखेसी कुलेलाम ठोक्ने बालापन हराएको छ । बजारका पसलमा पाईने फलफुलले सो पल हराम भएको छ ।

मैथली खोल्सा र ब्यारेक

मैथली खोल्सामा माछा मार्ने, कागजका डुंगा बनाई खेल्ने, असुरोको डांठको पानी घट्ट बनाई खेल्ने परम्परा हराएको छ । अहिले न माछा छ न खोल्सामा खेल्ने बालबालिका नै । बदलिँदो जीवनशैलीले स्थानीय प्राकृतिकको रणभूल मानसपटलमा सिमित मात्र छ । उबेला ब्यारेकको तारजालीको घेरा नाघेर गोल्टिनका बट्टा, बियरका बोतल लिन जाने र सरसफाईका दूतलाई पैसामा बेची केहि मुख मिठाउने यादहरु अझै स्मरणमा छ । अहिले बोतल लिनु न ब्यारेक जानुपर्छ न मुख रसाउन । गोजीमा दाम भए सबै आनन्दीय आउने भएको छ ।

बरपिपल चौतारा र धारा

साविकको विदुर नगरपालिका वडा नम्बर ३ विदुरस्थित स्थानीय ध्रुवकुमार रावल दाईको घर अगाडी रहेको बरपिपलको चौतारा पासाङल्हामु शेर्पा राजमार्ग विस्तारको क्रममा काटिँदा विदुरमा लोकतान्त्रिक चौतारा मात्र बाँकी छ । नलगाउँबाट पानी उपभोगको निमित्त ल्याईएको धारा पनि स्मृतिमा छ । सडककै छेउमा धारा हुदाँ यात्रुहरुले प्यास मेट्थे । सडक धुलो हुदाँ पानी छ्याप्नी पनि कम्ता रमाईलो हुदैनथ्यो ।

कृषि उत्पादन

नारायणी नदीको किनार बिर्साउने विदुरमा २/३ दशकमा उखुबाली राम्रो थियो । स्थानीयस्तरमै उखु पेलेर सख्खर उत्पादन गरिन्थ्यो । स्वास्थ्यबर्धक खुदो खाइन्थ्यो । अहिले आयात गरी ल्याउने परिपाटी बसेको छ । उबेला उद्योग थियो अहिले व्यापार मन्दी छ । दाम्लो, नाम्लो, गुन्द्री, चकटी लगायतका कृषि उपज उत्पादन बिलिन छन् । इँटा बनाउने, भाँडाकुँडा बनाउने आरन पनि हराएको छ ।

पशुपालन

खेतबारीमा अन्न लगाउनको लागि गोरु जोतिन्थ्यो । दुधको लागि गाई, भैंसी, बाख्रा पालिन्थ्यो । अहिले एकाध घरमा मात्र गाई पालिएको छ । अन्नपात फल्ने खेतबारीमा घर फलेको छ । तयारी दाना खुवाउन भाउले उकालो लागेको छ । पशुको गहुँत गोबरको बास्ना दुर्गन्धित भएको छ । कृषिमा आधुनिकीकरण र शहरी जीवनशैलीले विदुरमा पशुपालन संस्कृति लोप भएको छ । गाई तिहार, कर्मकाण्ड, सुत्केरो, पूजामा मात्र गाई खोजिने भएको छ ।

मिलन क्लब र नवबिहानी

सामाजिक क्षेत्रमा कहलिएको मिलन क्लब र फुटबलमा नाम कमाएको नवबिहानी युवा क्लब बिलिन छ । जिल्लाको फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा स्थापित खेलाडीहरुले खेलखेल्न छोडेका छन् । सामाजिक क्रियाकलाप र खेलकुदमा भविष्य नहुदाँ दुवै क्लब अहिले धड्डाको अभिलेखमा मात्र सिमित छ । युवाको पुस्तान्तरणको कमिले खेल र सामजिक कृयाकलापमा न्यून छ । खेल्न विदुरभन्दा पर जानुपर्ने बाध्यता छ । समाजभन्दा व्यक्तिगत कार्यमा व्यस्त छ ।

बालमन्दिर

प्राथमिक शिक्षाको लागि स्थापना गरिएको बालमन्दिरको भवन अहिले पूर्णरुपमा जिर्ण छ। स्थानीय पालिकाको भवन नजिकै हुदाँ पनि कुनै चासो छैन । विदेशी शैक्षिक परम्परा भित्र्याउन हात जोडी लागेको छ । केहि स्वरूपमा नयाँ भवनमा अध्यापन हुन्छ । रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले बालदिवसमा हेलिकप्टरबाट आएर चकलेट बाँड्ने र रानी भेट्ने अवसरको पर्खाई लोकतन्त्रसँगै तुहिएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top