२०८१, २३ बैशाख आईतवार

नुवाकोटका २४ हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइँदै

    फाल्गुन ३० २०७६ १६:१३

dadura rubella vaccine dabali khabar nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – दादुरा-रुबेला खोप अभियान अन्तर्गत नुवाकोटमा २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । यहि चैत ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने सो अभियानमा १२ वटै स्थानीयतहका ८८ वटै वडाका बालबालिकामा खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन दुई चरणमा सञ्चालन गरिने जानकारी दिए । पहिलो चरणमा चैत ४ गतेदेखि ८ गतेसम्म विदुर नगरपालिका, म्यगाङ, किस्पाङ, तादी, शिवपुरी, दुप्चेश्वर र सुर्यगढ़ी गाउँपालिकाका बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाईने छ । दोस्रो चरणमा चैत १५ देखि १९ गतेसम्ममा बेलकोटगढी नगरपालिका, ककनी, तारकेश्वर, लिखु र पञ्चकन्या गाउँपालिकामा अभियान सञ्चालन हुनेछ ।

नुवाकोटमा ६ सय ९० खोप केन्द्रमा १ हजार २ सय ३२ जना तालीम प्राप्त महिला स्वास्थ्य स्वयम् सेविका परिचालन हुने जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिए ।

दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ। बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने चिकित्सकहरु बताउँछन्।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगका घटनाहरु निकैनै बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत रहेकोमा सन् २०१६ सम्ममा ७८ प्रतिशतमा घटेको छ ।

बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाईटिस्, पखाला र न्युमोनिया हुनका साथै मृत्यु समेत हुन सक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ ।

बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको छ ।

यस खोप अभियान अन्तर्गत सरकारले देशभरका ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top