sujim bazar advert

नुवाकोटका २४ हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइँदै

    फाल्गुन ३०, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

dadura rubella vaccine dabali khabar nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – दादुरा-रुबेला खोप अभियान अन्तर्गत नुवाकोटमा २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । यहि चैत ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने सो अभियानमा १२ वटै स्थानीयतहका ८८ वटै वडाका बालबालिकामा खोप लगाईने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन दुई चरणमा सञ्चालन गरिने जानकारी दिए । पहिलो चरणमा चैत ४ गतेदेखि ८ गतेसम्म विदुर नगरपालिका, म्यगाङ, किस्पाङ, तादी, शिवपुरी, दुप्चेश्वर र सुर्यगढ़ी गाउँपालिकाका बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाईने छ । दोस्रो चरणमा चैत १५ देखि १९ गतेसम्ममा बेलकोटगढी नगरपालिका, ककनी, तारकेश्वर, लिखु र पञ्चकन्या गाउँपालिकामा अभियान सञ्चालन हुनेछ ।

नुवाकोटमा ६ सय ९० खोप केन्द्रमा १ हजार २ सय ३२ जना तालीम प्राप्त महिला स्वास्थ्य स्वयम् सेविका परिचालन हुने जिल्ला स्वास्थ्य कार्यलयका अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिए ।

दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ। बालबालिकालाइ सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने चिकित्सकहरु बताउँछन्।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगका घटनाहरु निकैनै बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत रहेकोमा सन् २०१६ सम्ममा ७८ प्रतिशतमा घटेको छ ।

बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाईटिस्, पखाला र न्युमोनिया हुनका साथै मृत्यु समेत हुन सक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ ।

बालबालिकाको शरीरमा सम्बन्धित रोगविरुद्ध लड्नसक्ने प्रतिरोधात्मक क्षमताको विकास गराउन खोप अनिवार्य रहेको जनाइएको छ । बाल तथा मातृ मृत्युदरमा कमी ल्याउने, औशत आयुमा वृिद्ध गर्ने र सन् २०२३ सम्ममा पोलियो रोग उन्मूलन एवं दादुरा रुबेला निवारण गर्ने अभियानले उद्देश्य राखेको छ ।

यस खोप अभियान अन्तर्गत सरकारले देशभरका ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top