sujim bazar advert

आदिवासी दिवस बढ्यो तर अधिकार घट्यो

    साउन २७, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

mohan gole tamang
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

मोहन गोले तामाङ

संसारका आदिवासी समुदायले एकसाथ मनाउने महत्वपूर्ण पर्व विश्व आदिवासी दिवस संयुक्त राष्ट्र संघको देन हो । दोश्रो विश्वयुद्धको समाप्तीपछि सन् १९४५ मा विश्वमा शान्ति कायम गर्ने साझा निकायको रुपमा संयुक्त राष्ट्र संघको स्थापना गरियो । संयुक्त राष्ट्र संघको स्थापनाले हिंसा कम गर्नको लागि सन् १९७४ देखि आदिवासी जनजातिका आवाजहरु सुन्न थाल्यो । जसले गर्दा सन् १९८४ मा राष्ट्र संघीय प्रणाली अन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा आदिवासी सम्बन्धी एक कार्यदल गठन गरियो । यसपछि संयुक्त राष्ट्र संघले सन् १९९३ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी बर्ष’ घोषणा ग¥यो तर पर्याप्त सुचनाको अभावमा संसारका आदिवासी जनजातिहरुले आदिवासी बर्ष घोषणा भएको राम्रोसँग थाहा नपाउँदै त्यो बर्ष बित्यो । जसले गर्दा आदिवासीहरुले आदिवासी बर्ष नै राम्रोसँग मनाउन पाएनन् । यसपछि आदिवासी जनजातिहरुले संयुक्त राष्ट्र संघ समक्ष आदिवासी दशक घोषणा गर्नुपर्ने माग गरे । सन् १९९३ मा भियनामा सम्पन्न विश्व मानवअधिकार सम्मेलनले जारी गरेको घोषणापत्रमा समेत संयुक्त राष्ट्र संघ समक्ष आदिवासी दशक घोषणाको माग गरियो । यसै माग अनुसार संयुक्त राष्ट्र संघको साधारण सभाले सन् १९९५ देखि २००४ सम्म १० बर्षलाई विश्व आदिवासी दशक घोषणा ग¥यो । यसरी पहिलोपटक आदिवासीको आवाजलाई सुनेर राष्ट्रसंघले आदिवासी दशक घोषणा गरेकोमा संसारका आदिवासीहरुले यसको स्वागत गर्दै हर्षोल्लास प्रकट गरे । यसले अन्तर्राष्ट्रिय स्तरमा नै आदिवासी अधिकार तथा पहिचानको सन्देश फैलाउने काम ग¥यो । यसरी आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट–९ को महत्वलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्क र जेनेभा साथै राष्ट्र संघका कार्यालय भएका विभिन्न मुलुकमा राष्ट्रसंघले औपचारिक रुपमा सन् १९९४ देखि आदिवासी दिवस मनाउन प्रारम्भ गरेको हो । यसपछि नियमित रुपमा अगष्ट–९ का दिन संसारभर आदिवासीहरुले यो दिवस मनाउँदै आएका छन् ।

यसपटकको २५ औ विश्व आदिवासी दिवस (अगस्ट ९) लाई हामी आन्दोलनको रुपमा सडकमा मनाउँदैछौ । नेपाल बाहेक संसारका आदिवासी जनजातिहरुले यो पर्वलाई हर्षोल्लासका साथ मनाइरहेको बेला बिडम्बना भन्नुपर्छ– नेपालका आदिवासी जनजातिहरु भने सडकमा रोइरहनु परेको छ । नेपालको आदिवासी जनजातिहरुले संस्थागत रुपमा सामाजिक, साँस्कृतिक आन्दोलन सञ्चालन गरेको नै आज तीन दशक भइसक्यो । यहाँसम्म आइपुग्दा सत्ता र उत्पीडित जनताबीच कहिले अधिकार खोस्ने त कहिले अधिकार प्राप्त हुनेको छिनाझपटी क्रम चलिरहेको छ । शासकहरु बलियो भएको बेला अधिकार खोसिएको छ भने हामी उत्पीडित जनताहरु संगठित भएको बेलामा अधिकार पाएको देखिन्छ । आज गणतन्त्र नेपालको शासकहरु दुईतिहाइको बहुमतको घोडामा सवार छन् । त्यसैले ऊ कमजोरहरुलाई कुल्चेर अघि बढ्न उद्यत छ । प्रथम जनआन्दोलन २०४६ को परिवर्तनपछि नेपालका आदिवासी जनजातिहरु संस्थागत रुपमा नै संगठित हुन थाले । विभिन्न जातीय संघ÷संस्थाहरुले संगठित रुपमा आफ्नो समुदायको सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको आवाज उठाउन थालेको त्यही बेलादेखि हो । सबै जातीय संस्थाको छाता संगठनको रुपमा नेपाल जनजाति महासंघ गठन गरियो । यसबाट आदिवासीहरु एकैठाउँमा गोलबन्द भई संघर्ष गर्दा थुप्रै अधिकार स्थापित गराउन सफल भए । यस चरणमा प्रायः सबै अल्पमतको सरकार बनेको थियो । अल्पमतको सरकार हुँदा कमजोरहरुले सत्तापक्ष र प्रतिपक्ष दुवैबाट लाभ लिन सकेको देखियो । किनकि गणित बलियो नहुँदा सत्तापक्ष सधैं भयमा रहन्थ्यो भने प्रतिपक्ष पनि कमजोरहरुलाई हातमा लिएर सत्तामा उक्लिने दाउँ हेरिरहन्थ्यो । यसकारण अस्थिर सरकार र संक्रमणकालमा कमजोरहरुले बार्गेनिङको माध्यमबाट सीमित अधिकार लिन सफल भएको प्रष्ट हुन्छ । धेरै अधिकार जनजातिहरुले २०६२/६३ को जनआन्दोलनपछि नयाँ संविधान जारी नभएको बेला प्राप्त गरेका छन् । शासकहरु जति बलियो भयो, त्यति कठोर रुपमा प्रस्तुत हुन्छन् । पछिल्लो ओली नेतृत्वको दुई तिहाइ बहुमत प्राप्त गणतान्त्रिक सरकार कमजोर बर्गप्रति अत्यन्तै कठोर रुपमा प्रस्तुत भएको छ । यो सरकारले कमजोरको अधिकार खोस्ने बाहेक नयाँ काम केही गर्न सकेको छैन । त्यसैले गणित शक्ति होइन रहेछ, अंक मात्रै रहेछ भन्ने पुष्टि भएको छ ।

उसले २०५१ सालदेखि पाउँदै आएको आदिवासी जनजातिको ६ दिन सार्वजनिक पर्व बिदामाथि हमला गरेर आफ्नो नश्लीय रुप देखायो । शुभकार्यमा प्रयोग गरिने पवित्र वस्तु खादालाई प्रतिवन्ध लगाउन पूर्व मन्त्री खगराज अधिकारीदेखि वडा अध्यक्षसम्मलाई अघोषित निर्देशन दियो । बुद्ध जयन्तीको दिन लुम्बिनीमा थानका थान ढाकाको गलबन्दी पु¥यायो । त्यही भूमिमा स्थापित बुद्धका मुर्ति तोडफोड गर्ने अपराधीहरुलाई कारवाही गर्न सकेन । ओलीका प्रवक्ता भन्छन्– मुर्ति तोडफोड हुनु कुनै नौलो कुरा होइन रे । आदिवासी जनजाति समुदायको विकासको लागि छुट्याउँदै आएको बजेटलाई कटौती ग¥यो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र गुम्बा विकास समितिलाई निल्न निकै बल ग¥यो तर घाँटी सानो भएपछि छिर्न नसकेर अड्किएको छ । निल्ने कि ओकल्ने दोधारे स्थितिमा छ । गुठीमाथि धावा बोलेर नेवारको तागत जाँच्न खोज्यो तर ऊ आफैले घुँडा टेक्यो । १२५ जातजाति, १२३ भाषाभाषी बसोबास गर्ने देशको कार्यकारी प्रमूख प्रधानमन्त्री आदिवासीको अ पनि सुन्न चाहँदैन । उत्पीडित जाति, समुदायलाई राज्यको विभिन्न संरचनामा प्रतिनिधित्व होस् भन्नाको लागि कानूनी रुपमा ४५ प्रतिशत आरक्षणको ब्यवस्था गरिएको थियो । तर त्यो पनि स्थानीय तहको विज्ञापन आव्हान गर्दा २०.३ प्रतिशत त खाइसक्यो । विज्ञापन गरिएको ९१६१ पदमध्ये ४१२२ पद (४५ प्रतिशत) लाई आरक्षित सीट छुट्याइनु पर्नेमा २२६२ पद (२४.७) मात्र आरक्षणमा पारियो र १८६० पदसंख्यालाई दिनदहाडै हाम पा¥यो । मधेशी लालबाबु पण्डितलाई सामान्य प्रशासन मन्त्रीको जागीर दिएर उसैको काँधबाट बन्दूक पड्कायो । अझै कति पड्काउछन् र ५० हजार मान्छे माइतीघरमा जम्मा पार्न नसक्ने हामी हुतीहाराहरु कति मर्नुपर्ने हो, थाहा छैन ।

यसरी हेर्दा के देखिन्छ भने, विश्व आदिवासी दिवसको संख्या बढ्यो तर अधिकार कटौती हुँदै गएका छन् । जबसम्म आदिवासी जनजातिले राजनीति बुझ्दैन । तबसम्म उसले अझ धेरै थोक गुमाएर बाँच्नुपर्छ । यो जनजाति अवस्थाको मान्छेको नियति हो । दुनियाँमा शक्ति राष्ट्रहरु कोभन्दा को कम भन्दै आणविक हतियार परिक्षण गरिरहेका छन् तर हामी दिवस मान्ने नाममा बन्दूक मागिरहेका युवालाई धनुकाण र घुयत्रो हान्न सिकाउदैछौ । कुस्ती र छेलोको नाममा आफू आफै जुँधेर पहलमानी देखाउदैछौ । दुनियाँमा त्यस्तो पहिरनको विकास भइसक्यो कि लुगा लगाउदा मान्छे देखिदैन तर हामी परम्पराको नाममा ४ ठाउँ गाँठो कसेको लुगा लगाएर नाच्दैछौ । बाहुनले भात/भान्छा गर्ने बेला लगाउने पोशाक धोती फुकालेर दौरा, सुरुवालमा सजिदै सिंहदरवार खाइसक्यो । तर हामी ३६४ दिन पार्टीको पछि दौडिन्छौ र एकदिन बिछट्टै जनजाति भई टोपल्छौ । राज्यले अछुत बनाएका कामी, दमाई र सार्की आफूलाई दलित भन्न अस्वीकार गर्न थालिसके तर हामी आफूलाई जनजाति भन्दा महान् मान्छे भएको ठान्दन्छौ । हाम्रो संगठनलाई आइपिओज भनेर दाबी गछौ तर कार्यक्रमको शैली एनजिओको कपि गर्छौ । हाम्रो यसखालको गतिविधि र कार्यक्रमले जनजाति कहिले राष्ट्रको रुपमा विकास होला ? मलाई सधैं यो विषयले दिमाग खाइरहन्छ ।
तसर्थ, अब जनजाति आन्दोलनको समिक्षा गरेर अघि बढौ । नत्र दिवसको संख्या बढ्नेछन् र अधिकारको संख्या घटि रहनेछन् । हामीले के कति काम ग¥यौं ?, के गर्न बाँकी छ ? र अब कसरी अघि बढ्नु पर्ने हो ? तिनलाई केलाउँदै रणनीतिक योजनाका साथ अघि बढे मात्रै लक्ष्यमा पुग्न सकिन्छ । आफूले हिडेको बाटो फर्केर नहेरी सुरुसुरु हिडिरहँदा भीरको टुप्पोमा पुगेको पत्ता नपाईने भो । क्रान्तिले विकास गरेका प्रक्रियाहरुलाई ठीक ढङ्गले मूल्याङ्कन गर्दै सही समयमा सही निर्णय गरेर अघि नबढ्ने हो भने यस्ता दिवसहरु जतिपटक मनाएपनि कर्मकाण्डी रुपमा मात्र सीमित हुनेछन् ।

आदिवासी दिवस मनाएको तीन दशक भइसक्दा पनि हाम्रो क्रान्तिले अझै साँस्कृतिक चरण पार गर्न सकेको छैन । ‘जति उफ्रेपनि भ्यागुतो भूँईको भूँई’ भने जस्तो २५ बर्ष बित्न लाग्दा पनि हामी उही ठाउँको भूइँ खोस्रिदैछौ । आफैले खोस्रेको खाल्डोमा आफै फस्दैछौ । खाल्डोबाट उठ्न खोज्यो पार्टी र जाति दुईठाउँमा टेकेको खुट्टा लरबर भइहाल्छ । हुर्थुरिदै त्यही तीन बल्ड्याङ खान्छौ र पनि रत्तिभर लाज मान्दैनौ । उठ्ने र लड्नेको उही प्रक्रिया निरन्तर दोहोरिँदा पनि चेत्दैनौ । सुंगुरले जस्तो कोखामा सुइरो रोपिएपछि चेतिने हुन् कि त्यस अगावै हो थाहा छैन । हामी जनजातिका नेतृत्वहरु पुरानै प्रहसनमा चलमलाउदा समुदाय चलमलाएन किनकि हाम्रो समुदाय शहरमा छैनन्, गाउँमा छन् । हामी नेतृत्वहरु गाउँ जाने हुती (आँट) गरिरहेका छैनौ । अब काठमाडौंमा बसेर ऐलान गरेको भरले पूर्वदेखि पश्चिमसम्मको जनजातिहरु उठ्दैनन् । किनकि पहिले नै भुत्ते भइसकेको हतियार चलाएर आदिवासी आन्दोलनले राजनीतिक क्रान्तिमा फड्को मार्दैन भन्ने अब घाम जत्तिकै छर्लङ्ग भइसक्यो । अब साँच्चै गर्ने हो भने सत्तालाई धक्का मार्ने काम गरौ । धक्काको लागि शक्ति निर्माण गर्नु अहिलेको हाम्रो आवश्यकता हो । शक्ति गाउँमा छ, शहरमा छैन । शहरमा त लोभिपापी, दलाली र काइते कुराका तर्कविद्हरु छन् जसले सत्ताविरुद्ध निर्णायक सङ्घर्ष गर्दैन, थोरै आन्दोलन उठ्ने बित्तिकै सम्झौतामा टुंग्याउँछ र क्रान्तिलाई भजाएर पेट भर्छ ।

त्यसैले अब ठोस योजनाका साथ अघि बढौं । परिवर्तन हाम्रै पालामा सम्भव छ । नेवार समुदायले ५० हजार मान्छेको टाउको माइतीघर मण्डलामा उतार्दा दुईतिहाईको गणित नाङ्गै लम्पसार प¥यो । हामी आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्ग, महिला, पिछडिएको क्षेत्र भन्छौ र पनि ५ हजार मान्छेको टाउकोलाई एकठाउँमा भेला गर्न सकिरहेका छैनौ । त्यसैले अब अलिकति दुःख गरौ । हाम्रो पुस्तालाई परिवर्तनको निर्णायक लडाइँ लड्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । यसमा सबैले गर्व गरौ । गणतान्त्रिक नेपालमा आन्तरिक उपनिवेशको शिकार भएर बाँच्ने जीवनको कुनै अर्थ छैन । नालीमा थुतुनो जोतिएर मर्नुभन्दा दुश्मनसँग लडेर मर्नुको आनन्द छुट्टै हुन्छ । अहिलेसम्मको आन्दोलनले सत्तालाई जिस्क्याउने काम मात्रै ग¥यो । जति जिस्क्यायो त्यति नै केपी ओलीको राष्ट्रवादी बुख्याँचाले हामीलाई तर्साइरहेछ । त्यस्ता बुख्याँचाबाट तर्सिएर भाग्ने आदिवासी जनजातिले सत्ताको बाली खान कहिल्यै सक्ने छैन । बाह्य राष्ट्रवादको हाउगुजी देखाएर, आन्दोलनबाट प्राप्त उपलब्धिलाई अतिरञ्जित ढंगबाट ब्याख्या गर्ने र जनतामा भ्रम छर्ने यो स्वघोषित कम्युनिष्ट सरकारको भविष्य सहज छैन । जुन दिन जनताले बुख्याँचा पराल र थोत्रे कपडा बेरेर बनाइएको हो भन्ने थाहा पाउनेछन्, त्यो दिन यो नश्लवादी सत्ता तासको महल झैं ढल्नेछ र सोही दिनबाट नेपाल नयाँ युगमा प्रवेश गर्नेछ । फ्रान्सेली बिद्वान भिक्टर ह्युगोले भनेका थिए— “दुनियाँको ठूलो भन्दा ठूलो तागतले पनि त्यस बिचारलाई रोक्न सक्ने छैन, जसको समय भइसकेको हुन्छ” । त्यसैले यसको पनि समय आउँदैछ । उत्पीडित जनताको एकीकृत क्रान्तिको लागि वस्तुगत परिस्थितिहरु निर्माण हुँदैछन् तर हाम्रै आत्मगत पक्षहरु कमजोर हुँदा त्यो प्रक्रियाको गति अलि ढिलो भयो । २५ औं विश्व आदिवासी दिवसले सबैलाई नयाँ क्रान्तिको नयाँ बाटोमा डो¥याउन सफल होस्, शुभकामना ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top