२०८१, २१ बैशाख शुक्रबार

नुवाकोट जिल्लाकै नमूना सामुदायिक विद्यालय

    मंसिर २ २०७५ १०:३१

Bharat Dhungana Memorial School
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

– सहिद भरत ढुंगाना स्मृति प्राथमिक विद्यालय –

विदुर / एउटा सरकारी विद्यालय, त्यो पनि ८० रोपनी क्षेत्रफलमा फैलिएको । प्राथमिक तहदेखि प्राविधिक शिक्षा प्रदान गर्ने नुवाकोट जिल्लाकै नमूना सामुदायिक विद्यालय । जहाँ अंग्रेजी माध्यमबाट अध्यापन हुने, चिल्ड्रेन पार्क, स्वीमिङ पुल, होस्टेल, स्कुल बस सबै भौतिक पूर्वाधारले सुविधा सम्पन्न । जहाँ विद्यार्थी भर्ना गराउन ठूलै कसरत गर्नुपर्ने । तपाईलाई लाग्न सक्छ, यस्तो सुविधायुक्त विद्यालय, त्यसमाथि नुवाकोटमै के यो सम्भव छ र ? तर, नुवाकोटका एक युवा यस्तै विद्यालय निर्माणको महत्वकाक्षी योजनामा जुटेका छन् ।

विदुर नगरपालिका-१२ (साविक चारघरे गाविस) मा रहेको सहिद भरत ढुंगाना स्मृति प्राथमिक विद्यालयलाई नुवाकोटकै नमूना विद्यालयको रुपमा विकास गर्न नवराज ढुंगाना लागेका हुन् । उनको यो अभियानमा गाउँका अभिभावक, वडाअध्यक्ष, विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । उनी यही महत्वकाक्षी योजना अन्तर्गत अहिले विद्यालयमा निजी स्रोतका शिक्षकसमेत भएका छन् । माओवादीले सञ्चालन गरेको जनयुद्धका बेला माओवादीमा लागेर पत्रकारिता गरेका ढुंगाना अहिले गाउँमै सुविधा सम्पन्न विद्यालय निर्माणको अभियानमा जुटेका हुन् । ‘१४ वर्षभित्र हामीले कल्पना गरेको विद्यालय र विद्यालय वरपरको भौतिक पूर्वाधार बनाउने योजना छ, ढुंगाना भन्छन्– ‘सबैका साथ र समर्थन भयो भने १४ वर्षको काम सात वर्षमै सम्पन्न हुन्छ ।’

साविकको बागेश्वर प्राथमिक विद्यालयको गत ०७४ साल चैत १७ गते बसेको अभिभावक भेलाले सो विद्यालयको नाम परिवर्तन गर्दै सहिद भरत ढुंगाना स्मृति प्रावि नामाकरणसहित विभिन्न निर्णयहरु गरेको थियो । विद्यालयको लागि ८० रोपनी जग्गाको आवश्यकता छ । त्यो मध्ये २० रोपनी जग्गा अहिले विद्यालयको नाममा रहेको छ । ६० रोपनी जग्गा व्यक्तिको खरिद गर्ने उद्देश्य अनुसार यस वर्ष विद्यालयले २० रोपनी जग्गा खरिद गर्ने छ । ‘यस वर्ष खरिद गर्ने जग्गाको मूल्य प्रति रोपनी २ लाख रुपैयाँ कायम गरी जग्गाधनीसँग सम्झौतासमेत भइसकेको छ, ढुंगाना भन्छन्– ‘लक्ष्य अनुसारको उद्देश्य पूरा गर्न हाम्रो प्रयास जारी रहेको छ ।’

सरकारी विद्यालयको शिक्षा प्रणालीमा गुणात्मक विकास गरी प्राविधिक क्याम्पससहितको शैक्षिक वातावरण मिलाउने अभियानको बारेमा प्रचार गर्नको लागि ढुंगानासहितको टिम शिर्ष नेताहरुको घरघरमा पुगेर आफ्ना योजनाहरु सुनाउने र सहयोगको लागि अपिल गर्दै आएको छ । ‘हामी नेकपाका अध्यक्ष प्रचण्डका पुग्यौ’, ढुंगाना भन्छन् – ‘हाम्रो योजनाबारे प्रचण्ड निकै खुशी हुनुभएको छ ।’ योजना सुनेकै भरमा माओवादी नेता वर्षमान पुनले १० लाख रुपैयाँ सहयोग गरेका छन् । ३ नं. प्रदेश सरकारले २० लाख रुपैयाँ तथा कांग्रेस नेता रामहरि खतिवडाले एक लाख तथा विदुर नगरपालिकाको वडा नंं १२ ले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयको योजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नसकिएकोमा ढुंगाना दुःखी छन् । ‘हाम्रो योजनाबारे प्रधानमन्त्रीसँग पनि भेटेरै कुरा गर्दैछौँ, तर, दुई पटकसम्म उहाँसँग भेट हुन सकेको छैन’– ढुंगाना भन्छन् । राष्ट्रपतिसँग पनि भेटेरै आफ्ना योजना सुनाउन नपाएको ढुंगाना बताउँछन् ।

यो महत्वकाक्षी योजनाको विस्तृत परियोजना प्रस्ताव निर्माणको काम पुल्चोक इन्जिनियरिङ क्याम्पसका आवास थापामगरको नेतृत्वको टिमले गरिरहेको छ । शिक्षक आवास, विद्यार्थी आवास कम्युटर, पुस्तकालय, प्रयोगशाला, चिल्ड्रेनपार्क, विद्यार्थी र अभिभावकका लागि छुट्टाछुट्टै स्वीमिङ पुल, सहिद पार्क निर्माणको लागि प्रारम्भिक चरणमा ४७ करोड रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । डिपीआर तयार भएपछि विद्यालयको भौतिक विकासको लागि सहयोग गर्न चाहने दाताहरुले क्षेत्रगत रुपमा कुनै एक मात्र पूर्वाधार निर्माणमा सहयोग गर्न सक्ने विद्यालयको भनाई छ । विद्यालय हाताभित्र निर्माण हुने स्वीमिङ पुलमा अभिभावक र अन्य आगन्तुका लागि शुल्क निर्धारण गर्ने अवधारणा विद्यालयले अघि सारेको छ । एउटा सुविधा सम्पन्न विद्यालय अनि त्यसमा निःशुल्क अध्ययन गराउने महत्वकाक्षी योजना जसरी पनि पूरा गर्ने अभियानमा ढुंगाना जुटेका छन् ।

सरकारी विद्यालयमा पनि निजी विद्यालय सरह अध्यापन गराउने योजना अनुसार विद्यालयको शैक्षिक विकासको लागि मात्रै ५ करोडको अक्षय कोषको स्थापना गरिने छ । यो अक्षय कोषको व्याज मात्रै वार्षिक ६० लाख हुन्छ । यही कोषको व्याजमार्फत विद्यालयको गतिविधि सञ्चालन गर्ने उनी बताउँछन् । अक्षयकोष स्थापनाको लागि सानीमा बैंकसँग विद्यालयले सम्झौतासमेत गरिसकेको ढुंगाना बताउँछन् । विद्यालयमा अहिले ६३ जना विद्यार्थी र ६ जना शिक्षक छन् । चार जना शिक्षक निजी स्रोतमा राखिएको छ । विद्यालयको शैक्षिक गुणस्तरका लागि कुनै कसर बाँकी नराख्ने योजना विद्यालयले बनाएको छ ।

Image may contain: 7 people, people sitting and indoor

नुवाकोटका सबै सहिद एकै ठाउँमा

विभिन्न आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा विद्यालयको एक छेउमा सहिद पार्क निर्माण गरिने र यो पार्कमा २००७ सालदेखि २०४६ साल, ०६२/०६३ र जनयुद्धको बेला राज्य र विद्रोही पक्षबाट मारिएका सहिदहरुको प्रतिमासहितको पार्क निर्माण गर्ने विद्यालयले जनाएको छ । यो सहिद पार्कको वीच भागमा पुस्तकालय हुने छ । जुन पुस्तकालय र पार्क आकर्षक हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भट्ट बताउँछन् ।

विद्यालयको नाम किन फेरियो

निजी विद्यालयमा कम तलव र विना तालिम दक्ष जनशक्ति उत्पादन र शिक्षाको गुणस्तर विकास भइरहेको सन्दर्भमा सरकारी विद्यालयहरुमा राम्रो सेवा सुविधा र तालिमप्राप्त जनशक्ति भएपनि गुणस्तर विकास हुन सकिरहेको छैन । यसैक्रममा विद्यालयले निजी विद्यालय सरह नै सरकारी विद्यालयलाई पनि सुविधा सम्पन्न र गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्यो । जिल्ला विकास समिति नुवाकोटका पूव सभापति भरत ढुंगानाले अहिले प्रस्ताव गरिएको स्थानमा प्राविधिक विद्यालय खोल्न उनै ढुंगानालाई आवश्यक प्रस्ताव बनाउन भनेका थिए । ‘तर, त्यतिबेला अवस्था सहज थिएन ।’ ढुंगाना भन्छन्– ‘उनको सपना सकार पार्न पनि यो विद्यालय खोल्न आवश्यक थियो’ उनले थपे– ‘एमाले र माओवादी एकताको महत्वपूर्ण घडीमा उनको योगदानको कदर गर्नको लागि पनि विद्यालयको नाम उनै स्व.ढुंगानाको नामबाट राख्ने निर्णय भयो ।’

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top